आस्थाभन्दा माथि उठेर जिल्लाको विकासमा लाग्न दाङका सांसदहरुलाई सभामुखको आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
आस्थाभन्दा माथि उठेर जिल्लाको विकासमा लाग्न दाङका सांसदहरुलाई सभामुखको आग्रह

सारांश

  • काठमाडौं, २२ चैत ।
  • सभामुख कृष्णबहादुर महराले दाङबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिहरुसँग सामूहिक भेटवार्ता गरेका छन् ।
  • आज बिहीबार दिउँसो सभामुख निवास बालुवाटारमा दाङका जनप्रतिनिधिहरुसँग भेटवार्ता गरेका हुन् ।

काठमाडौं, २२ चैत । सभामुख कृष्णबहादुर महराले दाङबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिहरुसँग सामूहिक भेटवार्ता गरेका छन् । आज बिहीबार दिउँसो सभामुख निवास बालुवाटारमा दाङका जनप्रतिनिधिहरुसँग भेटवार्ता गरेका हुन् ।

भेटमा सभामुख महराले दाङको समग्र विकासका लागि राजनीतिक दलभन्दा माथि उठेर एकताबद्ध हुन आग्रह गरे । “राजनीतिक आस्था र विचार आ–आफ्नो ठाउँमा छ । दाङको विकासका लागि सबै एकै ठाउँमा आउनैपर्छ”, सभामुख महराले भने, “विकास र समृद्धिलाई पार्टी र विचारले रोक्दैन, रोक्नु पनि हुँदैन ।”

दाङको विकासका लागि सबै जनप्रतिनिधिहरु एक ठाउँमा आएर बृहत योजना बनाउनुपर्ने आवश्यकता रहेको औंल्याए । दाङको मुख्य समस्याका रुपमा रहेको खानेपानी र सिचाइका लागि दीर्घकालीन र अल्पकालीन योजना निर्माण गरी लाग्नुपर्ने उनको भनाई थियो ।

“दाङमा खानेपानी र सिचाइको समस्या समाधानका लागि नदी डाइभर्सन, ४÷५ वटा हाइड्याम र अन्य स–साना आयोजनाहरु अघि बढाउनै पर्छ”, सभामुख महराले भने, “त्यस्तै, टरिगाउँ एयरपोर्टको स्तरोन्नति, इन्धन डिपोको स्थापना, नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययनलगायतका बृहत योजनाहरु सबैको दिमागमा बस्न जरुरी छ ।”

सभामुख महराले कोइलाबास नाका सञ्चालन गर्न सके दाङ देउखुरीको कायापलट नै हुन सक्ने बताए । उनले दाङलाई लुम्बिनी र मानसरोवरसँग जोड्ने गरी सडक सञ्जाल बिस्तार गर्ने अनि स्वर्गद्वारीलाई ऐतिहासिक धार्मिक पर्यटनको केन्द्रका रुपमा जोड्न सके दाङमा चीन र भारतका पर्यटकहरुलाई भित्रायाउन सकिने बताए ।

केही समयअघि मात्रै आफू दाङको भारतीय सीमा क्षेत्रका बस्तीहरुमा पुगेको स्मरण गर्दै महराले दाङका २२ वटा सीमा नाकाहरुको समस्या समाधान गर्न सबैको विशेष ध्यान जानुपर्नेमा जोड दिए । नाका क्षेत्रमा जान आफू ३ घण्टा भारतीय भूमिबाट गुज्रिनुपरेको भन्दै सभामुख महराले सीमा नाकाहरुलाई सडक सञ्जालले जोड्ने र सञ्चार र खानेपानीको समस्या समाधानका लागि सबैले गम्भीर भएर सोच्न आग्रह गरे ।

अहिलेको संघीय संसदलाई थुप्रै ऐन, कानूनहरु बनाउनुपर्ने जिम्मेवारी भएको छ भन्दै सभामुख महराले संसदमा दाङबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको सक्रिय भूमिका अपेक्षा गरेको बताए । “हामी अहिले नीति निर्माणको तहमा छौं”, सभामुख महराले भने, ‘म सभामुख हुनुको नाताले पनि मेरो आफ्नो ठाउँका माननीयहरुको सक्रिय भूमिकाको अपेक्षा गर्छु ।”

भेटघाटका अवसरमा दाङका सांसदहरुले जिल्लाको समग्र विकासका लागि आफूहरुले जे सकिन्छ, काम गर्न तयार रहेको बताएका थिए । सभामुखले सामूहिकरुपमा बोलाएर जिल्लाको विकासमा चासो देखाएकोमा खुसी व्यक्त गर्दै यस्तो बसाइको निरन्तरताका लागि अनुरोध समेत गरेका थिए । उनीहरुले जिल्लामा देखिएका विकास निर्माणका आवश्यक योजनाहरु, अल्पकालीन र दीर्घकालीन रुपमा गर्न सकिने काम, प्रदेशको राजधानी, अस्पताललगायतका विषयमा पनि सभामुखको ध्यानाकर्षण गराएका थिए ।

भेटमा दाङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरु मेटमणि चौधरी, रेखा शर्मा, शान्ता चौधरी, हिराचन्द्र केसी, पार्वती डिसी चौधरी, गंगा चौधरी, विमला नेपाली र राष्ट्रियसभा सदस्यहरु अनिता देवकोटा र कोमल वली सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्सेमा २४ अङ्कको वृद्धि
नेप्सेमा २४ अङ्कको वृद्धि
बझाङमा जीप  दुर्घटना हुदा ६ जनाको मृत्यु
बझाङमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु
दैलेखका कार्यालय प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा
दैलेखका कार्यालय प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?
सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?
‘साँस्कृतिक झिल्कोले प्रज्वलित गर्नुपर्छ’ : कुलपतिको सपथ
‘साँस्कृतिक झिल्कोले प्रज्वलित गर्नुपर्छ’ : कुलपतिको सपथ
धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक
धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक
याैन सम्बन्ध राख्ने क्रममा पुरुषले ज्यान गुमाएपछि !
याैन सम्बन्ध राख्ने क्रममा पुरुषले ज्यान गुमाएपछि !
शेखरसँग दूरी बढाउँदै गगन, देउवाको उत्तराधिकारी बन्ने दाउ
शेखरसँग दूरी बढाउँदै गगन, देउवाको उत्तराधिकारी बन्ने दाउ
नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य
नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य

तपाईंले छुटाउनुभयो कि?