‘साँस्कृतिक झिल्कोले प्रज्वलित गर्नुपर्छ’ : कुलपतिको सपथ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
‘साँस्कृतिक झिल्कोले प्रज्वलित गर्नुपर्छ’ : कुलपतिको सपथ

सारांश

  • काठमाडौं ।
  • सरकारले दुईजनालाई कुलपति पदमा नियुक्त गरेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत, नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिको सपथ गराएका छन् ।

काठमाडौं । सरकारले दुईजनालाई कुलपति पदमा नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत, नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिको सपथ गराएका छन् ।

सपथ कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कान्छा कुमार कर्माचार्य नियुक्ति भएपछि सपथ दिलाइएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई नियुक्त गरिएकोले ती संस्था थप सृजनशील हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नवनियक्त कुलपतिले समयका पदचापलाई बुझी त्यसै अनुसार काम गर्ने अपेक्षा गरिएको बताए ।

“आज हामी जहाँ पुगेका छौं त्यहीं रोकिने होइन” प्रधानमन्त्री ओलीले भने, “तपाईंहरुले समयको पदचाप बुझेर ती संस्थालाई अघि बढाउनुहुनेछ ।’ नेपालीको गौरवमय इतिहासलाई कायम राख्दै अघिल्लो पुस्ताका कलाकर्मीले देखाएको बाटो फराकिलो बनाउने काम संस्थाले गर्नुपर्ने बताए ।

“विगतमा अरुलाई बाटो देखाउने साँस्कृतिक झिल्कोले जताजता प्रज्वलित गर्न सक्छ गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने, “तर यी सबै कुराको परिणाम सकारात्मक आउनुपर्छ ।”

यसैगरी ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपति गोपाल चित्रकार र सदस्यसचिब विपिन कुमरा घिमिरेले आजै सपथ ग्रहण गरेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, सदस्यसचिब श्याम प्रकाश तमोटले पनि सोमबार सपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?