छयासी वर्षीय रुद्रप्रसादको आँखाको नानी दान

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०७४
|
|
२८ पटक हेरिएको
Shares
छयासी वर्षीय रुद्रप्रसादको आँखाको नानी दान

सारांश

  • काँकडभिट्टा, २४ चैत, मेचीनगर–६ का ८६ वर्षीय रुद्रप्रसाद पौडेलको शुक्रबार निधन भयो ।
  • तर उनको आँखाले भने अरु कैयन वर्षसम्म यो सुन्दर धरती हेरिरहन पाउने भएको छ ।
  • अज्ञात दृष्टिविहीनलाई नयाँ दृष्टि दिने उद्देश्यले झापामा पहिलोपटक मृतक रुद्रप्रसादको आँखाको कर्निया (नानी) संकलन गरिएको हुँदा उनको आँखाले मरणोप्रान्त समेत संसार हेरिरहने सौभाग्य पाउने भएको हो ।

काँकडभिट्टा, २४ चैत, मेचीनगर–६ का ८६ वर्षीय रुद्रप्रसाद पौडेलको शुक्रबार निधन भयो । तर उनको आँखाले भने अरु कैयन वर्षसम्म यो सुन्दर धरती हेरिरहन पाउने भएको छ ।

अज्ञात दृष्टिविहीनलाई नयाँ दृष्टि दिने उद्देश्यले झापामा पहिलोपटक मृतक रुद्रप्रसादको आँखाको कर्निया (नानी) संकलन गरिएको हुँदा उनको आँखाले मरणोप्रान्त समेत संसार हेरिरहने सौभाग्य पाउने भएको हो ।

झापामा आँखा दान गरेका व्यक्तिको मरणोप्रान्त आँखाको नानी संकलन गर्ने कार्य शुरु भएको छ । दृष्टि गुमाएका कुनै व्यक्तिमा आँखाको नानी प्रत्यारोपण गरेर नयाँ दृष्टि प्रदान गरिन्छ ।

झापामै यो नयाँ कार्यमा सहभागी बन्ने पहिलो सौभाग्य पाए रुद्रप्रसाद पौडेलले । दान गरिएको आँखाको नानी संकलन गर्ने पहिलो श्रेय पाएको छ–काँकरभिट्टाको मेची नेत्रालयले । पौडेलको शुक्रबार बिहान मृत्यु भएपश्चात उनका परिवारले काँकरभिट्टास्थित दुर्गाचन्द्र मेमोरियल ट्रस्टमा आँखाको नानी दान गर्न इच्छुक रहेको खबर पठाएका थिए ।

ट्रस्टले मेची नेत्रालयको प्राविधिक सहयोगमा दिवंगत पौडेलको आँखाको नानी सफलतापूर्वक संकलन गरेको ट्रस्टका अध्यक्ष तथा मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा शरदचन्द्र प्रकाश राईले जानकारी दिनुभयो ।

मृत्यु भइसकेका आफ्ना बुबाको आँखाले अरु दृष्टिविहीनले संसार देख्नसक्ने कुरा बुझेर पौडेलका छोराछोरीले आँखाको नानी निकाल्न सहमति जनाएको मेची नेत्रालयका कर्मचारी तथा दुर्गाचन्द्र मेमोरियल ट्रस्टका सहसचिव जयप्रसाद पोख्रेलले बताउनुभयो ।

परिवारका सदस्यको इच्छाअनुसार नै दाह संस्कारस्थल मेची खोलामा नै मृतक पौडेलको दुबै आँखाको बाहिरी भागको पातलो झिल्ली अर्थात नानी निकालिएको थियो । मेची नेत्रालयका आँखा बैंक प्राविधिक योगराज खत्री र मिलन खत्रीसहितको प्राविधिक टोलीले पौडेलको आँखाको नानी निकालेको थियो ।

मृतकको आँखाको नानीलाई विशेष प्रकारको रसायनमा राखेर महिनौं दिनसम्म सुरक्षित गर्न सकिन्छ । तर शनिबार पौडेलको आँखाको नानीलाई काठमाडाँैको तीलगंगा आँखा अस्पतालस्थित नेपाल आँखा बैंकमा पठाइने मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा राईले जानकारी दिनुभयो ।

डा राईका अनुसार आँखासँगै मृतकको शरीरबाट दुई मिलिलिटर रगत समेत निकालिएको र उक्त रगत र नानीको चेकजाँच गरेपछि मात्र उक्त नानी अर्को व्यक्तिमा प्रत्यारोपण गरिने बताइएको छ ।

डा राईका अनुसार विशेष रुपमा चोट पटकका कारण आँखाको नानीमा समस्या आएर दृष्टि गुमाएकाका लागि आँखाको नानी प्रत्यारोपण गरिने छ । दृष्टि गुमाउने बढी हुने र त्यसको तुलनामा आँखा दान गर्ने व्यक्ति कम हुने भएकाले कर्नियाँको अत्याधिक माग छ । मृतकको आँखाबाट निकालिएको नानी खेर नजाने डा राईले बताउनुभयो ।

दुर्गाचन्द्र मेमोरियल ट्रस्टमार्फत मेची नेत्रालयको प्राविधिक सहयोगमा आँखा दानको प्रक्रिया सञ्चालन भइरहेको र मृत्यु भएकाको कर्निया निकाल्ने काम समेत हुने भएकाले यस कार्यमा इच्छुकहरुले कुनै पनि बेला काँकरभिट्टास्थित मेची नेत्रालयमा सम्पर्क गर्न सकिने मेची नेत्रालयका प्रवधन्क नवराज प्रधान बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
महोत्तरीका बेपत्ता झा दम्पत्तिको शव फेला
महोत्तरीका बेपत्ता झा दम्पत्तिको शव फेला
जिल्ला शिक्षा अधिकारी २ लाख ८० हजार घुस सहित रंगेहात पक्राउ
जिल्ला शिक्षा अधिकारी २ लाख ८० हजार घुस सहित रंगेहात पक्राउ
लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले दिए राजीनामा
बालेन र सुदनविरुद्ध नेविसंघले दियो जाहेरी, युवा उकासेर मुठभेड गराएको आरोप
बालेन र सुदनविरुद्ध नेविसंघले दियो जाहेरी, युवा उकासेर मुठभेड गराएको आरोप
एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दे हिताची
एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दे हिताची
प्रदेश ६ को कांग्रेस संसदीय दलको नेतामा शाही
आफ्नै श्रीमानका साथीहरु बाट  सामूहिक बलात्कार र हत्या प्रयास !
आफ्नै श्रीमानका साथीहरु बाट सामूहिक बलात्कार र हत्या प्रयास !
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
युवाहरुको व्यापक सहभागितामा प्रदेश युवा सम्मेलन आजदेखि धनगढीमा शुरु

तपाईंले छुटाउनुभयो कि?