आलु महोत्सवमा आलुको स्वाद लिदै दर्शक

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
५५ पटक हेरिएको
Shares
आलु महोत्सवमा आलुको स्वाद लिदै दर्शक

सारांश

  • पोखरा,२५ चैत्र ।
  • नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ जारी छ।
  • पोखरा हुने महोत्सव भन्दा भिन्न महोत्सव भएकाले पनि दशर्कहरु फरक मनोरञ्जन लिनका लागि पनि आलु महोत्सवमा सहभागिता बढाएका छन् ।

पोखरा,२५ चैत्र ।

नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ जारी छ। पोखरा हुने महोत्सव भन्दा भिन्न महोत्सव भएकाले पनि दशर्कहरु फरक मनोरञ्जन लिनका लागि पनि आलु महोत्सवमा सहभागिता बढाएका छन् ।

महोत्सवमा विभिन्न थरीका आलुका परिकारले पनि दशर्कको मन तानेको छ। महोत्सव पस्यो कि आलु। रेष्टुरेण्ट्र छि¥यो आलुकै परिकार। स्टेज तिर हे¥यो आलुकै माला। महोत्सवमा सहभागि कलाकार पनि आलुकै गुनगान। यसैले गर्दा पनि महोत्सव दर्शकको रोजाई बनेको छ।

‘अरु मेला महोत्सव भन्दा पनि यहाँको महोत्सव भिन्न प्रकारको भएकोले पनि दर्शकहरुको चाप दिन प्रतिदिन बढेको छ’–विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्कीले भने–‘यहाँहरुको साथ सहयोगले नै महोत्सव सफल भएको छ।’

महोत्सवको तेस्रो दिन सम्म महोत्सव भित्र वाहिर गरी २५ लाखको आलुको कारोवार र २५ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए।

महोत्सव आलुको परिकारसँगै साँस्कृतिक कार्यक्रममा पनि दशर्कले भरपूर्ण मनोरञ्जन लिएका थिए। आइतबार खुमन अधिकारी, कुमार पुन, सरला पाण्डे, ज्योति लाहोनी, शिवहरी ढुंगाना, सविना गुरुङ, परशुराम अधिकारी, अम्मर धितालको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक मिलन बास्तोलाले जानकारी दिए। यसैगरी हास्य तर्फ पोखरेली माग्ने बुढा र धुर्मुस युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुति रहने छ। त्यस्तै साझ कन्सर्ट तर्फ विनोद वाँनिया, रिनाद व्याण्ड, ववि सुनारको प्रस्तुति रहने छ।

महोत्सवमा शनिवार देखि रत्यौली प्रतियोगिता र खुल्ला एकल नृत्य प्रतियोगिता शुरु भएको छ। महोत्सव चैत ३० गते सम्म चल्ने छ। महोत्सवमा प्रमुख अतिथि पोखरा लेखनाथ महानगर पालिकाका कृषि शाखा प्रमुख मनोहरी कडरियाले आलु महोत्सवलाई दीर्घकालिन रुपमा लैजानका लागि आलु उत्पादनमा बृद्धि गर्नु पर्ने बताए। उनले पटक पटक कोल्ड स्टोरको कुरा उठाएपनि कोल्ड स्टोर स्थापना गर्न नसकिएको बताउदै अव कुरामा मात्रै होइन व्यववहारमा लागू गर्न आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
देउवाको किल्लामा कांग्रेस हार्नुका मुख्य ४ कारण
देउवाको किल्लामा कांग्रेस हार्नुका मुख्य ४ कारण
Esha Deol enjoying vacation with hubby Bharat and daughter Radhya in California, see pics
Esha Deol enjoying vacation with hubby Bharat and daughter Radhya in California, see pics
रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र
रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र
नागासाकी ध्वस्त भयो, तर हनिमून सम्झनाले यसरी बचाएको थियो क्योटो
नागासाकी ध्वस्त भयो, तर हनिमून सम्झनाले यसरी बचाएको थियो क्योटो
न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
न्यायपरिषद्लाई नेपाल बारको चेतावनीः यथास्थितिमा न्यायाधिश नियुक्त गरे बहिष्कार गर्छौं
काँग्रेसले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने
अब गरिबि का हैन सम्ृद्दि का गित गाउनु पर्छ : अध्यक्ष पौडेल युवा संघ नेपाल’
अब गरिबि का हैन सम्ृद्दि का गित गाउनु पर्छ : अध्यक्ष पौडेल युवा संघ नेपाल’
Aishwarya Rai stops hubby Abhishek Bachchan to sign a film opposite Priyanka Chopra!
Aishwarya Rai stops hubby Abhishek Bachchan to sign a film opposite Priyanka Chopra!
वाम र कम्युनिष्ट भन्नेहरु कांग्रेसभन्दा फरक नभएको आरोप
वाम र कम्युनिष्ट भन्नेहरु कांग्रेसभन्दा फरक नभएको आरोप