टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १, २०७५
|
|
२७ पटक हेरिएको
Shares
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए

सारांश

  • पोखरा, १ बैशाख ।
  • नेपाल आयल निगमको पोखरा विमानस्थलको डिपोबाट हवाइ इन्धन नताने पछि प्रधानमन्त्री केपि शर्मा ओली पोखरा विमानस्थलमा १ घण्टा अड्कीएका छन् ।
  • काठमाडौबाट पोखरा हुदै मृगुको रारातालका लागि उठेका प्रधानमन्त्री केपि शर्मा ओली चढेको हेलिकप्टर पोखरा विमानस्थलमा इन्धन भर्न झरेको थियो ।

पोखरा, १ बैशाख ।

नेपाल आयल निगमको पोखरा विमानस्थलको डिपोबाट हवाइ इन्धन नताने पछि प्रधानमन्त्री केपि शर्मा ओली पोखरा विमानस्थलमा १ घण्टा अड्कीएका छन् ।

काठमाडौबाट पोखरा हुदै मृगुको रारातालका लागि उठेका प्रधानमन्त्री केपि शर्मा ओली चढेको हेलिकप्टर पोखरा विमानस्थलमा इन्धन भर्न झरेको थियो । शुक्रबार विहान ९ बजे दुईवटा हेलिकप्टरमा आएका प्रधानमन्त्री ओलीको टोली इन्धन भर्न नपाए पछि १ घण्टा विमानस्थलमा नै अड्कीयो ।

विमानस्थलमा रहेका दुई वटा टयांकर मध्ये एकमा इन्धन सकिएको थियो अर्को टयांकर स्टाट नै भएन नेपाल आयल निगम पोखराका प्रमुख नवराज पोख्रेलले बताए । उनका अनुसार खाली भएको टयांकरमा इन्धन ट्यांकीबाट इन्धन नै नताने पछि समस्या आएको बताए ।

पछि डाइनामोलाई मर्मत गरेर इन्धन भरेको बताए । प्रधानमन्त्री बागलुङको ढोरपाटन हुदै मृगुको राराताल पुगेका थिए । प्रधानमन्त्री सगँ अन्यमन्त्री र नेताहरु सगँ थिए ।

(www.sapns2.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Buddhipd Rai

    छुट्टीको दिनमा दुई दुई वटा हेलिकप्टरमा खान शाही र वादशाही तुजुकको यत्रो महङ्गो भ्रमण गर्नु हुने राष्ट्रवादी प्रम केपि ओलीजीले पनि काटी कुटी पूर्व प्रम शेर बहादुर देउवाजीकै अनुशरण गरी रहेका छन् हँ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?