कुमाख मालिकामा महिला उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०७४
|
|
३८७ पटक हेरिएको
Shares

सारांश

  • सल्यान, ५ जेठ ।
  • सल्यानको कुमाख मालिका गाउँपालिकामा नेकपा (माओवादी)केन्द्र का दिलमाया बुढामगर विजयी हुनुभएको छ ।
  • बुढाभगरले तीन हजार ६७३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भैरव शाहले दुई हजार १२९ मत प्राप्त गर्नुभएको छ ।

सल्यान, ५ जेठ । सल्यानको कुमाख मालिका गाउँपालिकामा नेकपा (माओवादी)केन्द्र का दिलमाया बुढामगर विजयी हुनुभएको छ ।

बुढाभगरले तीन हजार ६७३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भैरव शाहले दुई हजार १२९ मत प्राप्त गर्नुभएको छ ।दिलमाया राप्तीबाटै पहिलो महिला अध्यक्षमा विजयी हुनुभएको हो ।
उपाध्यक्षमा विजयी हुनुभएका सोही दलका डिल्लीराज जैशीले तीन हजार ८१८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्ती चन्दले दुई हजार १४५ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको वडा नं.१ मा काँग्रेसका गोपाल बुढाथोकी, २ मा एमालेका शेरबहादुर रावत विजयी हुनु भएको छ ।

यसैबीच शारदा नगरपालिकाको मतगणना जारी रहेको छ । अहिलेसम्म शारदा नगरपालिकमा काँग्रेसका सुरेश अधिकारीले एक हजार ८५८ एमालेले एक हजार ५८८ , नेकपा माओवादी केन्द्रका प्रमोद श्रेष्ठले एक हजार ११० मत प्राप्त गर्नुभएको छ ।

(https://www.vidaliaonion.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?