गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०७४
|
|
२३१ पटक हेरिएको
Shares
गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे

सारांश

  • बैतडी, ७ जेठ ।
  • गर्मी बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढेका छन् ।
  • जिल्लाभरिका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामी बढी आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

बैतडी, ७ जेठ । गर्मी बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढेका छन् । जिल्लाभरिका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामी बढी आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक ३० भन्दा बढी झाडापखालाका बिरामी आउने गरेको डा दिलीप जोशीले जानकारी दिनुभयो ।

वैशाख महिनादेखि अस्पतालमा आउने बिरामीमध्ये अधिकांश झाडापखालाका बिरामी आउने गरेका छन्, उहाँले भन्नुभयो – “तीमध्ये बालबालिका बढी प्रभावित भएका छन्”, अस्वस्थ खानपान र दूषित खानेपानीका कारण झाडापखालाका बिरामी बढेको डा जोशीले बताउनुभयो ।

यस्तै पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा पनि गएको वैशाख महिनादेखि झाडापखालाका बिरामी बढेको डा नवीन्द्र ढकालले जानकारी दिनुभयो । जिल्लाको न्वालीलगायतका क्षेत्रमा झाडापखाला देखिएको छ ।

यसैबीच गर्मीयाममा विभिन्न किसिमका सरुवा रोग लाग्ने भएकाले सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । बैतडीमा अहिले झाडापखालाका बिरामीको सङ्ख्या बढेकाले सबैले सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।

झाडापखाला, आउँ, हैजाजस्ता सरुवा रोग सरसफाइको कमीले लाग्ने भएकाले सबैले सरसफाइमा ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?