धरानको बिपी प्रतिष्ठानबाट कोरोना परीक्षण शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
धरानको बिपी प्रतिष्ठानबाट कोरोना परीक्षण शुरु

सारांश

  • धरान।
  • धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ।
  • प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ।

धरान। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ। प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ। सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको परीक्षण प्रयोशालाको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे।
 
अहिलेसम्म कोरोनाको स्वाब परीक्षण काठमाडौँको टेकु अस्पतालमा मात्र हँुदै आएको थियो । सरकारका सातवटै प्रदेशमा ल्याब सञ्चालन गर्ने योजनाअनुसार प्रदेश नं १ मा बिपी प्रतिष्ठानमा शुरु गरिएको हो। मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री घिमिरेले प्रतिष्ठानको आइसोलेसन वार्ड, हेल्प डेस्क र यहाँको महामारीका बेला उपचार व्यवस्थापनबारे समेत जानकारी लिएका थिए।

प्रतिष्ठानले हालसम्म कोरोना बिमारीको उपचार गर्न गरिएको व्यवस्थापनबारे प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा डा गुरुप्रसाद घिमिरेले जानकारी गराए। कोरोना ल्याब परीक्षण प्रक्रियाबारे  प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका चिकित्सक नारायण भट्टराईले जानकारी गराए। प्रतिष्ठानमा शुरु भएको ल्याबबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो
उपत्यकामा ६०० स्थानमा जेब्रा क्रसिङ राखिने
उपत्यकामा ६०० स्थानमा जेब्रा क्रसिङ राखिने
घाइते भएका बालक बचाउन बुबाले गरेआग्रह, कसैले गरेनन सहयोग !
घाइते भएका बालक बचाउन बुबाले गरेआग्रह, कसैले गरेनन सहयोग !
सत्ता गठबन्धनको बैठक बस्दै, निर्वाचन सम्बन्धी छलफल हुने
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
एशियाली खेलकूदको उद्घाटन, नेपाली खेलाडी कमलबहादुरले बोके मार्चपासमा झन्डा
एशियाली खेलकूदको उद्घाटन, नेपाली खेलाडी कमलबहादुरले बोके मार्चपासमा झन्डा
ललिता निवास प्रकरण  : बुधबार पनि सुनुवाइ हुने
ललिता निवास प्रकरण : बुधबार पनि सुनुवाइ हुने
प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त
प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त
नेकपाको तल्लो तहको एकता प्रक्रिया अझै लम्बिने
नेकपाको तल्लो तहको एकता प्रक्रिया अझै लम्बिने

तपाईंले छुटाउनुभयो कि?