याे लत का कारण चलाउदिनन् फेसबुक र ट्वीटर कंगना रनावत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
याे लत का कारण चलाउदिनन् फेसबुक र ट्वीटर कंगना रनावत

सारांश

  • मुम्बई– आए दिन बलिउडमा कलाकारका सोसल एकाउन्टले नयाँ उचाइ छोएको समाचार आइरहन्छ ।
  • कलाकारले सामाजिक सञ्जाललाई आफ्नो फोटो छाप्नेदेखि फिल्मको प्रमोसन र ब्रान्डको प्रमोसनका लागि समेत प्रयोग गर्ने गरेका छन्।
  • अझ बलिउडमा त धेरै ब्रान्डले सामाजिक सञ्जालमा फ्लोअर्सको संख्या हेरेर नै इन्डोर्समेन्टको प्रस्ताव लैजाने गरेका छन् ।

मुम्बई– आए दिन बलिउडमा कलाकारका सोसल एकाउन्टले नयाँ उचाइ छोएको समाचार आइरहन्छ । कलाकारले सामाजिक सञ्जाललाई आफ्नो फोटो छाप्नेदेखि फिल्मको प्रमोसन र ब्रान्डको प्रमोसनका लागि समेत प्रयोग गर्ने गरेका छन्।

अझ बलिउडमा त धेरै ब्रान्डले सामाजिक सञ्जालमा फ्लोअर्सको संख्या हेरेर नै इन्डोर्समेन्टको प्रस्ताव लैजाने गरेका छन् । तर कंगना रनावत बलिउडकी कि यस्ती अभिनेत्री हुन् जसको न फेसबुक छ न ट्वीटर । न उनलाई इन्स्टाग्राममा नै दैख्न सकिन्छ। उनले सामाजिक सञ्जालमा अनावश्यक समय बित्ने भएका कारणले नै कुनै पनि प्लेटफर्ममा एकाउन्ट नखोलेको बताइन्।

‘म सोसल मिडियामा नहुने धेरै कारण छन् । जसमध्ये एउटा कारण यसमा खर्चनु पर्ने समय । यदि मैले कुनै अकाउन्ट खोले भने सारा दिन त्यसैमा बिताउँछु भन्ने लाग्छ,’ कंगनाले भनेकी छिन् । उनले आफूलाई दिनैपच्छिे जसो एकाउन्ट खोल्न दबाब आउने गरेको पनि बताएकी छिन्।

‘धेरैले मलाई ब्रान्डको प्रचारका लागि पनि एकाउन्ट चाहिन्छ भनेर खोल्न कर गर्ने गरेका छन् । तर मलाई यस्तो कुरामा पनि विश्वास छैन,’ उनले भनेकी छिन्, ‘कहिलेकाहीँ मेनेजरले पनि एकाउन्ट खोलौं, पोस्ट हामी आफैं गर्दिन्छौं भनेर भन्ने गरेका छन् । तर मलाई यो आइडिया पनि ठिक लाग्दैन । मैले अहिलेसम्म आफू प्रत्यक्ष संलग्न नहुने कुनै पनि काम गरेको छैन । उनले आफ्नो एकाउन्ट अर्कोलाई चलाउन दिनुलाई नक्कली सम्बन्धसँग तुलना गरेकी छिन्। नागरिकमा खबर छ ।

‘आफ्नो एकाउन्ट अरु कसैलाई चलाउन दिएर मलाई कसैप्रति पनि बेइमान हुनु छैन । यस्तो गर्नु भनेको झुटको सम्बन्ध राख्नु जस्तै हो,’ उनले भनेकी छिन्। सधैं विवादको केन्द्रमा रहने कंगनाको ‘मणिकर्निका’ अब रिलिज हुने फिल्म हो । भारत स्वतन्त्रताको सेरोफेरोमा बनेको फिल्म अक्षय कुमारको ‘गोल्ड’सँगै रिलिज हुने चर्चा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड
बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
सेनाको टाइगर ग्रुपबाट मारिएका रेग्मीको १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !
सेनाको टाइगर ग्रुपबाट मारिएका रेग्मीको १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !
तत्काल सरकारबाट नबाहिरिने जनमत पार्टीको निर्णय
तत्काल सरकारबाट नबाहिरिने जनमत पार्टीको निर्णय
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
घ्याङफेदी दुर्घटना ः मृतकको सङ्ख्या २० पुग्यो
घ्याङफेदी दुर्घटना ः मृतकको सङ्ख्या २० पुग्यो
एक दशकमा पनि बनेन टेकुको पुल
एक दशकमा पनि बनेन टेकुको पुल

तपाईंले छुटाउनुभयो कि?