तत्काल सरकारबाट नबाहिरिने जनमत पार्टीको निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०८०
|
|
४३ पटक हेरिएको
Shares
तत्काल सरकारबाट नबाहिरिने जनमत पार्टीको निर्णय

सारांश

  • काठमाडौं।
  • जनमत पार्टीले तत्काल संघीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ।
  • समसामयिक राजनीतिबारे छलफल गर्न आज बसेको जनमत पार्टीको सचिवालय बैठकले संघीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने भएकाे हाे।

काठमाडौं। जनमत पार्टीले तत्काल संघीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ।

समसामयिक राजनीतिबारे छलफल गर्न आज बसेको जनमत पार्टीको सचिवालय बैठकले संघीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने भएकाे हाे।

मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत संघीय सरकारबाट बाहिरिने हल्ला चलिरहेको बेला जनमत पार्टीको यस्तो निर्णय आएको हो । बैठकले जनताको कामलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए।

प्रवक्ता यादवका अनुसार आजको बैठकमा पार्टीको अबको कार्यदिशा कस्तो हुन्छ भन्नेबारे पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।

जसमा देशको समग्र राजनीतिक प्रणाली तथा शासकीय स्वरुपको बारेमा प्रस्ताव छ। त्यसैगरी बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसमा राजधानीमा बृहत आमसभा गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?