बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०८०
|
|
३८ पटक हेरिएको
Shares
बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड

सारांश

  • काठमाडौं।
  • प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड रहेको छ।
  • भाइटीकाको अवसरमा आज बिहानैदेखि सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो।

काठमाडौं। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड रहेको छ। भाइटीकाको अवसरमा आज बिहानैदेखि सर्वसाधरणका लागि मन्दिर खोलिएको थियो।

बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने गर्छ। सो मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन्।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेब्रा क्रसिङमा गाडी रोकेर, मापसे गरी सवारी चलाएपछि …
जेब्रा क्रसिङमा गाडी रोकेर, मापसे गरी सवारी चलाएपछि …
‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य
‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य
नेपालमा ४२५ कोरोना संक्रमित थपिए आइतबार
नेपालमा ४२५ कोरोना संक्रमित थपिए आइतबार
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा
१३ वर्षअघि भएकाे हत्याका अाराेपि युवतिले पक्राएपछि…
गुपचुप मिलाएको केसमा दरबारमार्गका डिएसपी पनि तानिए
गुपचुप मिलाएको केसमा दरबारमार्गका डिएसपी पनि तानिए
प्रदेश नम्बर २ चुनाव : सबै मतदान केन्द्रमा आज कर्मचारी पुग्ने
प्रदेश नम्बर २ चुनाव : सबै मतदान केन्द्रमा आज कर्मचारी पुग्ने
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव
सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव