प्यालेस्टाइनको गाजामा चारको मृत्यु, ४५० घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्यालेस्टाइनको गाजामा चारको मृत्यु, ४५० घाइते

सारांश

  • गाजा, प्यालेस्टाइन, ८ वैशाख, प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको प्रदर्शनमा दुई पक्षबीच झडप हुदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अरु ४५० भन्दा बढी घाइते भएका छन् ।
  • सयौं प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीकाबीचमा शुक्रबार त्यस क्षेत्रमा झडप भएको थियो ।
  • मारिनेमा चारै जना प्यालेस्टाइनी रहेका छन् ।

गाजा, प्यालेस्टाइन, ८ वैशाख, प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको प्रदर्शनमा दुई पक्षबीच झडप हुदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अरु ४५० भन्दा बढी घाइते भएका छन् ।

सयौं प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीकाबीचमा शुक्रबार त्यस क्षेत्रमा झडप भएको थियो । मारिनेमा चारै जना प्यालेस्टाइनी रहेका छन् ।

गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेड्राले २९ वर्षका साइड अबु ताहा, १५ वर्षका मोहम्मद अयुब, २४ वर्षका अहमद रसद अथाम्ना र २५ बर्षका नबिल अबु अक्वेलको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँले गत मार्च ३० देखि पटक पटक भएका प्रदर्शनमा झडप हुँदा ३७ जनाको मृत्यु भएको र अरु चार हजार जना घाइते भएका बताउनुभयो ।

इजरायलसँगको सिमानामा पर्ने प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेक हप्ताको शुक्रबार प्रदर्शन हुँदै आइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?