संसद्को वर्षे अधिवेशन २३ वैशाखबाट सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
संसद्को वर्षे अधिवेशन २३ वैशाखबाट सुरु

सारांश

  • १ जेठभित्र सरकारले नीति तथा कार्यक्रम ल्याउने – संघीय संसद्को वर्षे अधिवेशन आगामी २३ वैशाखबाट सुरु गर्ने गरी संसद्ले सरकारलाई प्रस्ताव गरेको छ ।
  • १५ जेठमा सरकारले बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार त्यसअघिका कार्यसूचीलाई ध्यान दिँदै संसद् सचिवालयले वर्षे अधिवेशन आह्वानको समय तोकेको हो ।
  • सरकारले संसद्मा बजेट प्रस्तुत गर्नुअघि प्रिबजेटमाथि छलफल तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्नेछ ।

१ जेठभित्र सरकारले नीति तथा कार्यक्रम ल्याउने –

संघीय संसद्को वर्षे अधिवेशन आगामी २३ वैशाखबाट सुरु गर्ने गरी संसद्ले सरकारलाई प्रस्ताव गरेको छ । १५ जेठमा सरकारले बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार त्यसअघिका कार्यसूचीलाई ध्यान दिँदै संसद् सचिवालयले वर्षे अधिवेशन आह्वानको समय तोकेको हो । सरकारले संसद्मा बजेट प्रस्तुत गर्नुअघि प्रिबजेटमाथि छलफल तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्नेछ । सोही कार्यसूचीलाई ध्यान दिँदै संसद् सचिवालयले २३ वैशाखबाट संघीय संसद्को दोस्रो अधिवेशन सुरु गर्ने तयारी पूरा गरेको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

प्रि–बजेटमाथि छलफल तीन दिन
२४ देखि २६ वैशाखसम्म तीन दिन प्रि–बजेटमाथि छलफल गर्ने क्यालेन्डर सचिवालयले बनाएको छ । त्यस्तै, १ जेठभित्र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्ने गरी सचिवालयले क्यालेन्डर तयार पारेको महासचिव भट्टराईले बताए ।

‘सरकारले संसद्मा बजेट प्रस्तुत गर्नुअघि प्रिबजेटमाथिको छलफल, नीति तथा कार्यक्रमम प्रस्तुत तथा संसद्कै नियमावली पारित गर्नुछ । मन्त्रिपरिषद् सचिवालयलाई हामीले २३ वैशाखबाट संसद्को अधिवेशन आह्वान गर्नेबारे जानकारी गराएका छौँ,’ उनले भने । सरकारले संसद्को प्रस्तावअनुसार नै २३ गतेबाट संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्न लागेको मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान तथा अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन सुरु गर्नेबारे निर्णय लिएपछि राष्ट्रपतिलाई सिफारिस गर्ने स्रोतले जनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुवाकोटको उत्तर प्रयाग त्रिवेणी धाममा माघ १४ देखि महायज्ञ
नुवाकोटको उत्तर प्रयाग त्रिवेणी धाममा माघ १४ देखि महायज्ञ
कलाकारिताको विकृतिप्रति ‘बल्छी धुर्वे’को हीनताबोध !
कलाकारिताको विकृतिप्रति ‘बल्छी धुर्वे’को हीनताबोध !
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’
भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा
भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा
उपत्यकाबासीलाई ढल मिसिएको पानी खुवाउँदै केयूकेएल
उपत्यकाबासीलाई ढल मिसिएको पानी खुवाउँदै केयूकेएल
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
मन्त्रालयबाट विदा भएपछि ट्याक्सी चढेर घर गए विष्ट
मन्त्रालयबाट विदा भएपछि ट्याक्सी चढेर घर गए विष्ट
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
दाँत सफा गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्
दाँत सफा गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्
भरतपुर महानगरमा के हुन्छ ? आज सर्वोच्चमा सुनुवाई
भरतपुर महानगरमा के हुन्छ ? आज सर्वोच्चमा सुनुवाई

तपाईंले छुटाउनुभयो कि?