प्रधानमन्त्री ओलीले सिंहदरवार भित्र मोबाइल नचल्ने बनाए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
१५
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १४ वैशाख ।
  • तपार्ईं मोबाइल फोन बोकर सिंहदरवार या भीभीआईपी सहभागी कार्यक्रममा जाँदै हुनुहुन्छ?
  • जाँदैहुनुहुन्छ भने तपार्ईंले बोकेको मोबाइलबाट जतिबेला पायो त्यतिवेला फोन सम्पर्क नहुन पनि सक्छ ।

काठमाडाै, १४ वैशाख । तपार्ईं मोबाइल फोन बोकर सिंहदरवार या भीभीआईपी सहभागी कार्यक्रममा जाँदै हुनुहुन्छ?

जाँदैहुनुहुन्छ भने तपार्ईंले बोकेको मोबाइलबाट जतिबेला पायो त्यतिवेला फोन सम्पर्क नहुन पनि सक्छ ।

हो, सिंहदरवार या बालुवाटारमा क्याविनेटलगायतका महत्वपूर्ण बैठक बस्दा ‘जामर’ प्रयोग गर्न थालिएको छ ।

‘जामर’ प्रयोग भएपछि निश्चित क्षेत्रमा मोबाइल फोन सम्पर्क हुँदैन ।

नेपाल टेलिकमको अनुमतिमा यो प्रविधि प्रयोग गर्न सकिन्छ ।

यहि कारण शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यलय र आसपासमा २ घण्टा मोबाइलमासम्पर्क हुन सकेन ।

प्रधानमन्त्रीको कार्यालय र त्यसको ५० मिटर वरपर शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म मोबाइल फोन सम्पर्क नभएपछि यसको रहस्य खुलेको हो ।

शुक्रबार विहान नौ बजे मन्त्रिपरिषद बैठक बोलाइएको थियो ।

तर, बैठक १० बजेमात्रै सुरु भयो । ‘जब मन्त्रिपरिषद बैठक सुरु भयो त्यसपछि फोन लाग्दैलागेन, किन हो भनेर सोध खोज गर्दा कसैले पनि बताएनन्’ रिपोर्टिङमा गएका पत्रकारले सुनाए ।
सूचना चुहिने भन्दै प्रधानमन्त्री कार्यलयकै योजनामा महत्वपूर्ण बैठकबस्दा ‘जामर’ लगाउने गरिएको स्रोतले बतायो ।

गृहप्रवक्ता रामकृष्ण सुवेदीले भीभीआइपीको मुभमेन्ट हुँदा निश्चित क्षेत्रमा ‘जामर’ प्रयोग हुने गरेको स्वीकारे ।

उनले हाल मात्रै नभएर पहिल्यैबाट त्यस्ता स्थानमा जामर प्रयोग हुने गरेको दाबी पनि गरे ।

उनले भने ‘अहिलेमात्र होइन, भीभीआईपीको मुभमेन्ट भएका बेला पहिलेदेखि नै जामर प्रयोग हुँदै आएको हो, त्यो आवश्यक्ता अनुसार प्रयोग गर्ने गरिन्छ ।’
यद्यपी प्रवक्ता सुवेदीले यस्तो दावी गरेपनि यसअघि सिंहदरवारमा क्याविनेट बस्दा मोवाइल सम्पर्कमा समस्या आएको गुनासो उठेको थिएन् ।

के हो मोबाइल जामर?

मोबाइल फोन जामरले मोबाइल फोनले उत्सर्जन गर्ने बराबरको रेडियो फ्रिक्वेन्सी उत्सर्जित गर्दछ ।

यसका कारण मोबाइल फोन र मोबाइलको आधार स्टेशनकाबीचको सञ्चार टुट्छ जसले गर्दा जामरको रेन्जमा रहेका सबै मोबाइल फोनहरु अबरुद्ध हुनेगर्छन् ।

जामरलाई जुनसुकै स्थानमा पनि राख्न सकिन्छ । तर, विशेष गरेर ती स्थानमा राखिन्छ जहाँ हुने कामको प्रकृति मोबाइल कलले अबरोध पुराउने खालको हुन्छ ।

जामरले आधिकारिक मोबाइल सेवालाई अबरोध पु¥याउने भएकाले लाइसेन्स नलिइकन जामरको प्रयोगलाई धेरै देशहरुमा अपराध मानिन्छ ।

प्रयोगमा हुँदा यस्तो उपकरणले इमरेन्जी सेवालाई पनि अवरोध पु¥याउँछ ।

प्रतिक्रिया

15 कमेन्ट

    Comment Author

    Minesh Gole

    Nepal ko no 1 pm jyu le thulo kam garnu bhayo xa la badai

    Comment Author

    JN Marasini

    Good news

    Comment Author

    Okhaldhunge Shailo

    फेरि माेदिले फाेन गरलानि

    Comment Author

    Shamir Ghatane

    goodness

    Comment Author

    Ramesh Pyakurel

    प्रतेक सरकारी कार्यालयमा यो नियम लागु गर्नुपर्छ .

    Comment Author

    Sita Shrestha

    Good

    Comment Author

    Tejtilak Karki

    भेट भएन भएन अब मोबाइलमा कुरा पनि नभएपछि ठिकै छ भोट माग्न आउने बेला कुरा गर्नुपर्ला

    Comment Author

    Gb Chettri

    हो योचै स्वागत योग्य नै मान्नु पर्ला होइनत मित्र खाली फेस्बुक्मा हुने गर्थे ठिक पर्यो।

    Comment Author

    Gb Chettri

    टिफिन ताइम्मा आदा घन्टा खोल्दिनु बाकी अफिस टाइम्मा बन्द।

    Comment Author

    Meera Heju

    साच्चै हो ?

    Comment Author

    Ganesh Gurung

    Good

    Comment Author

    Durga Subedi

    Good job

    Comment Author

    Nava Raj Pun Magar

    नचल्ने बिग्रेको थोर्तो मोबाइल होला।

    Comment Author

    Pashupati Kattel

    अब दुर सन्चारका कर्म्रचारिलाइ बन्द गरनु पर्छ

    Comment Author

    Thapa Mb

    कर्मचारी ले मुद्धा हालेपछी थहा पाउँछन् बुढा ले।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?