ज्योतिषीले सल्लाह दिए पछी देउवाले सारे बैठक !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
ज्योतिषीले सल्लाह दिए पछी देउवाले सारे बैठक !

सारांश

  • काठमाडाै, १४ वैशाख ।
  • नेपाली कांग्रेस केन्द्रीय समितिको आजको बैठक स्थगित भएको छ।
  • सभापति शेरबहादुर देउवाको व्यस्तता देखाउँदै बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

काठमाडाै, १४ वैशाख ।नेपाली कांग्रेस केन्द्रीय समितिको आजको बैठक स्थगित भएको छ। सभापति शेरबहादुर देउवाको व्यस्तता देखाउँदै बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

व्यस्तता भनिए पनि देउवालाई आजै बैठक सकेर पदाधिकारी नियुक्त गर्दा भद्रगोल हुने र बोली उत्तम साइत रहेको ज्योतिषीले सल्लाह दिए पछी आजको बैठक रोकेर भोलीका लागी बोलाईएको श्रोतले बतायो।

उनका अनुसार बैठक शनिवार ९ बजे बस्ने गरी स्थगित गरिएको हो।

आज बिहान १० बजे पार्टी मुख्यालय सानेपामा शुरु भएको बैठकमा केही बेर अघि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले लन्च ब्रेक भएको जानकारी दिएका थिए। तर, लञ्च ब्रेकका लागि रोकिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको मुख्य सचिव पौडेलले जानकारी दिए।

शुक्रवार  बिहान सुरु भएको १२ औं दिनको केन्द्रीय समितिमा विजयकुमार गच्छदारले आफ्नो भनाइ राखेका थिए।

बैठकमा गच्छदारले पार्टी नेपाली कांग्रेसमा प्रवेश गर्दाको सहमतिका बुँदाहरु सम्झाएको पार्टीका प्रवक्ता शर्माले जानकारी दिए।

त्यस्तै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बैठकमा आफ्नो धारणा प्रस्तुत गरेका छन्। पौडेलले अन्तर्घातीलाई कारबाही गर्नुपर्ने र गच्छदारलाई उचित ठाउँ दिनुपर्ने विषय उठाएका थिए।

पौडेलको धारणापछि ‘लन्च ब्रेक’ भएको बताइएको थियो। लन्च ब्रेकपछि पार्टीका महामन्त्री डा शशांक कोइरालाले केन्द्रीय समितिमा उठेका सवालहरुको जवाफ दिने तालिका रहेको थियो।

सरकारलाई हेर्ने दृष्टिकोणदेखि महासमिति बैठकको मिति तयसम्मका विषयलाई महामन्त्रीले प्रतिवेदनमार्फत सम्बोधन गर्ने तयारी रहेको हाम्रो इकोनोमीमा लेखेकाे छ ।

प्रतिवेदनलाई अन्तिम रुप दिन नभ्याउँदा बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जनाए।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Tanka Giri

    शनिको साढेसातको दसा चलेको छ ख्याल गर्नु है सेरे काका

    Comment Author

    Kishor Manandhar Nhelima

    हाबा। कुरा। ज्योतिषी। कहिले। पनि। जानु। हुन

    Comment Author

    Ganesh Shakya

    Yo deupa laai jyotis le sakhapai garne bho.

    Comment Author

    JN Marasini

    Haa haa haa यो स्याल बूढो सात पटक प्रधानमन्त्री हुने रे ?

    Comment Author

    Pramesh Bishwas

    Good news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री आलेको अश्लिल अडियो भाइरल
मन्त्री आलेको अश्लिल अडियो भाइरल
त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै
त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै
कोरोनाले फुर्सदिला बने नेताहरु, दलका कार्यक्रम सबै स्थगित
कोरोनाले फुर्सदिला बने नेताहरु, दलका कार्यक्रम सबै स्थगित
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका  शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण
बजेट कार्यान्वनयमा कुनै समस्या हुँदैन: मन्त्री अधिकारी
बजेट कार्यान्वनयमा कुनै समस्या हुँदैन: मन्त्री अधिकारी
अब ब्रोकर कम्पनीबाटै सेयर कर्जा
अब ब्रोकर कम्पनीबाटै सेयर कर्जा
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
अभियान्ता बेल्बासेद्वारा आलेलाई आर्थिक सहयोग
अभियान्ता बेल्बासेद्वारा आलेलाई आर्थिक सहयोग
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
यो १३-बुँदे ज्ञापनपत्रको हालत् ४०बुँदे जस्तो नहोस् है प्रमज्यू!: भट्टराई
यो १३-बुँदे ज्ञापनपत्रको हालत् ४०बुँदे जस्तो नहोस् है प्रमज्यू!: भट्टराई

तपाईंले छुटाउनुभयो कि?