‘बिदाको दिन फोन किन बिग्रिन्छ?’ प्रधानमन्त्री ओलीको टेलिकमलाई यस्तो प्रश्न

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सरकारी स्वामित्वको टेलिफोन सेवा कम्पनीसँग रुष्ट रहेछन् ।
  • जनगुनासो ज्यादै सुनेपछि नेपाल टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारीतिर फर्किएर सोधे, ‘बिदाको दिन फोन किन बिग्रिन्छ?
  • ’ उनले टेलिकमको सबै प्रगति विवरण सुने ।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सरकारी स्वामित्वको टेलिफोन सेवा कम्पनीसँग रुष्ट रहेछन् ।

जनगुनासो ज्यादै सुनेपछि नेपाल टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारीतिर फर्किएर सोधे, ‘बिदाको दिन फोन किन बिग्रिन्छ?’ उनले टेलिकमको सबै प्रगति विवरण सुने ।

त्यसपछि उनको सटिक टिप्पणी थियो, ‘अल्छी कर्मचारीलाई सरकारले कडाइ गर्छ।’ शुक्रबार राजभण्डारीसहितको उपस्थितिमा प्रधानमन्त्री ओलीले टेलिकमको प्रगति विवरण सुनेका थिए ।

प्रधानमन्त्रीले थपे, ‘जति गुनासा छन्, आजैदेखि अन्त्य गर्नुस् । सरकारले अब त्यस्तो प्रवृत्ति सहेर र टुलुटुलु हेरेर बस्दैन।’ टेलिकमको सेवामा बारम्बार समस्या आउने गरेको भन्दै प्रधानमन्त्री ओलीले सेवा विस्तार भए पनि सुविधा विस्तार नभएको टिप्पणी गर्दै भने, ‘सेवा गुणस्तरीय हुनुपर्छ। जनताले स्तरीय सेवा पाउनुपर्छ।’

गुणस्तर सुधारका लागि प्रधानमन्त्री ओलीले टेलिकमका प्राविधिक शाखाहरूमा २४ घण्टा कर्मचारी खटाउन निर्देशन दिए।

आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Durga Adhikari

    Jaya kaka ba.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?