सुष्माले सम्झिइन् राजेश हमालको व्यक्तित्व, अनी आफ्नो दुःखको क्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
४९ पटक हेरिएको
Shares
सुष्माले सम्झिइन् राजेश हमालको व्यक्तित्व, अनी आफ्नो दुःखको क्षण

सारांश

  • चारसय बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल सुस्मा अधिकारी अहिले रोजेर मात्र काम गर्ने बताउँछिन् ।
  • अब छानेर मात्रै भिडियोमा काम गर्ने योजनामा रहेकी सुस्मा राजेश हमालको ब्यक्तित्ववाट निकै प्रभावित छिन् ।
  • सुस्मासँग तीन अविस्मरणीय घटना यस्तो छः तीन भिडियो १.

चारसय बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल सुस्मा अधिकारी अहिले रोजेर मात्र काम गर्ने बताउँछिन् । अब छानेर मात्रै भिडियोमा काम गर्ने योजनामा रहेकी सुस्मा राजेश हमालको ब्यक्तित्ववाट निकै प्रभावित छिन् । सुस्मासँग तीन अविस्मरणीय घटना यस्तो छः

तीन भिडियो
१. दुइ वर्ष अगाडि अभिनय गरेको एउटा तीजको भिडियो मलाई अहिले पनि मनपर्छ । युट्युवमा उक्त भिडियो चर्चित पनि भएको थियो । ‘घुम्रे जुलेफीमा मेहन्दी लगाउ हे बुढा’ बोलको भिडियोको निर्देशन शिब बीकले गरेका थिए । मैले सिताराम कट्टेल ‘धुर्मुस’ दाइको श्रीमतीको भुमिका निर्वाह गरेकी थिएँ ।

२. ‘तिमी आँखा म नानी’ बोलको भिडियो पनि मलाई मन परेको अर्को भिडियो हो । दीपेन्द्र केसीले निर्देशन गर्नु भएको भिडियो मलाई निकै मन परेको थियो ।

३. पुष्पा गुरुङको शब्द रहेको रोग हो कि दोष बोलको भिडियो अहिले पनि सम्झन्छु । अनिल स्थापितले निर्देशन गर्नु भएको उक्त भिडियो मलाइ राम्रो लागेको थियो ।

दिक्क लागेको घटना
१. दुई वर्षजति अघि एकजना फ्यानले हातै काटेर म्यासेन्जरमा म्यासेज पठाए । उक्त म्यासेज हेरेपछि निकै डर लाग्यो मैले ब्लक नै गरिदिएँ ।

२.पाल्पामा चलचित्र ‘पिपल’को सुटिङ हुँदा घाम निकै चर्को थियो । घामले गर्दा मेरो छाला डढ्यो । सुटिङपछि धेरै दिनसम्म छालाको स्याहार सुसार गर्नुप¥यो ।

३. ‘जय मधेश’ भन्ने भोजपुरी र नेपाली भाषामा बनेको चलचित्रमा नायिकाको भुमिका निर्वाह गरेकी थिएँ । फाइटको सिनमा गुण्डाहरुबाट म भाग्नुपर्ने थियो । भाग्ने क्रममा लडें घुँडामा चोट लाग्यो । त्यो वेलामा लागेको चोटको दाग अझै मेटिएको छैन ।

पुस्तक
१. बीपी कोइरालाको ‘तीन घुम्ती’ निकै मन परेको पुस्तक हो । उहाँले तत्कालीन समाजलाई जीबन्त दिनु भएकोछ ।
२. ‘समर लभ’ पनि मलाई मन परेको पुस्तक हो । सुविन भट्टराइले अहिलेको पुस्ताको आनीबानी र चरित्रलाई उपन्यासमा प्रष्ट पार्नु भएको छ ।
३. बुद्धिसागरको ‘फिरफिरे’ अर्को मन परेको पुस्तक हो । पुस्तक पढ्दै जाँदा बाल्यकालका थुपै्र घटनाको सम्झना आउँछ ।

तीन ठाउँ
१. म पुगेको मध्ये अष्ट्रेलियाको मेलबर्न निकै मन प¥यो । अष्ट्रेलियाकै अन्य कतिपय सिटीमा क्राउड थियो । तर, मेलबर्न फरक थियो । त्यहाँको भौतिक पूर्वाधार मात्रै हैन वातावरण पनि निकै राम्रो छ ।
२. बन्दीपुरको सौन्दर्य म कहिल्यै बिर्सन्नँ । दुइपटक सुटिङका लागि र एक पटक स–परिवार घुम्न गएको छु । जता हेरे पनि रमाइलो मात्रै देखिन्छ बन्दिपुर ।
३. पोखरा पनि उस्तै रमाइलो शहर हो । सुटिङका लागि पटक–पटक गएको छु पोखरा । तर, घुम्न भनेर गएको छैन । अब छिट्टै घुम्नका लागि जाने योजनामा छु ।

अविष्मरणीय क्षणः
१. पहिलो म्युजिक भिडियो रिलिज हुने दिन म निकै खुसी भएकी थिएँ । अहिले जस्तो युट्युबको चलन थिएन । निर्देशकले आज आउदैछ भन्नु भएको थियो । भिडियो आउँछ भनेपछि टीभी हेरेरै बसेँ । केही साथीहरुलाइ फोन गरेर भनेँ पनि मेरो भिडियो आउँदैछ हेर है भनेर ।
२. करिअर सुरु नहुँदै धनगढीमा एउटा डान्स कम्पिटिशन भएको थियो । म बुटवलमा थिएँ । एकजना साथीले मैले अवार्ड पाएको सुनाए म निकै खुसी भएकी थिएँ ।
२. दुई वर्ष अघि एकजना फ्यानले मेरो स्केच बनाएर फेशबुकमा पठाउनु भएको थियो । आफ्नो स्केच हेरेर निकै खुसी भएकी थिएँ । किनकी त्यो मेरो पहिलो स्केच थियो ।

तीन कलाकार
१. मलाई राजेश हमालको पर्सानालिटी एकदम मनपर्छ । उहाँको धेरै चलचित्र हेरेकी छु ।
२. आर्यन सिग्देल पनि मलाई मन पर्ने कलाकार हुन् । उहाँको धेरै चलचित्र हेरेको छु । तर, काम गर्ने अवसर जुरेको छैन ।
३. ‘ग्याङस्टार ब्लुज’ हेरेपछि आशिरमान देशराजको अभिनय खुब मनप¥यो ।

अनलाइनखबर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त : नेता सिंह
एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त : नेता सिंह
स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द
स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द
श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी
श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी
पहिरोमा परी दुईको मृत्यु, पाँच घाइते
पहिरोमा परी दुईको मृत्यु, पाँच घाइते
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बौद्धिक देखिन अरुको भाषा नक्कल गर्ने बढे : उपराष्ट्रपति पुन
बौद्धिक देखिन अरुको भाषा नक्कल गर्ने बढे : उपराष्ट्रपति पुन
रवि लामिछानेकी पत्नीको जाहेरी प्रहरीले दर्ता गरेन, चितवन जान सुझाव
रवि लामिछानेकी पत्नीको जाहेरी प्रहरीले दर्ता गरेन, चितवन जान सुझाव
ग्यासको मूल्य बढाउने चलखेल
ग्यासको मूल्य बढाउने चलखेल
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
राजधानीका विद्युत्त लाइन भूमिगत गरिँदै, ओछ्याउन सडक भत्काउने तयारी
राजधानीका विद्युत्त लाइन भूमिगत गरिँदै, ओछ्याउन सडक भत्काउने तयारी