३३ किलो सुनकाण्डका अभियुक्तसँग प्रहरी ‘प्रमुख’को गोप्य भेट!

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
३३ किलो सुनकाण्डका अभियुक्तसँग प्रहरी ‘प्रमुख’को गोप्य भेट!

सारांश

  • विराटनगर, १५ वैशाख ।
  • गत माघ पहिलो हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन काण्डका अभियुक्तसँग नेपाल प्रहरीका १ नम्बर प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआईजी)ले गोप्य भेट गरेका छन् ।
  • प्रदेश प्रहरीको निमित्त प्रमुखको समेत जिम्मेवारी सम्हालिरहेका डिआईजी ज्ञान बिक्रम शाहले ३३ किलो सुन काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासतमा रहेका प्रहरीका पूर्व र वहालवाला अधिकारीसँग गोप्य रुपमा भेटवार्ता गरेका हुन् ।

विराटनगर, १५ वैशाख । गत माघ पहिलो हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन काण्डका अभियुक्तसँग नेपाल प्रहरीका १ नम्बर प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआईजी)ले गोप्य भेट गरेका छन् ।

प्रदेश प्रहरीको निमित्त प्रमुखको समेत जिम्मेवारी सम्हालिरहेका डिआईजी ज्ञान बिक्रम शाहले ३३ किलो सुन काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासतमा रहेका प्रहरीका पूर्व र वहालवाला अधिकारीसँग गोप्य रुपमा भेटवार्ता गरेका हुन् ।

मध्याह्न १२ बजेसम्म विराटनगरको रानीस्थित प्रदेश प्रहरीको कार्यालयमै रहेका डिआईजी दिउँसो १ः४० बजे तीनपैनीमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका थिए लाेकान्तरमा खवर छ । प्रदेश र जिल्ला प्रहरी कार्यालयबीचको दुरी कबिर ६ किलोमिरटको छ । डिआईजी शाह करिब ३० मिनेटसम्म जिल्ला प्रहरी कार्यालयमा बसेका थिए ।

जिल्ला प्रहरी कार्यालयमा रहँदा डिआईजी शाहले ३३ किलो सुन प्रकरण र त्योसँगै जोडिएको सनम शाक्य हत्याकाण्डको अभियुक्तका रुपमा हिरासतमा रहेका पूर्व डिआईजी, बहालवाला एसपी, डिएसपीसँग गोप्य भेटवार्ता गरेका थिए ।

डिआईजी शाहले हिरासतमा रहेका पूर्व डिआईजी गोबिन्द निरौला, प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) सञ्जय राउतसँग गोप्य भेट भएका हुन् ।

डिआईजी शाहले ३ जनासँग जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अरुण कुमार बिसीको कार्यकक्षमा भेटवार्ता गरेका थिए । डिआईजी शाह जिप्रका पुग्दा एसपी बिसी भने कार्यालयमा नरहेको जनाइएको छ । डिआईजी साह सादा पोसाकमा जिप्रका पुगेका थिए ।

सुनकाण्डका अभियुक्त प्रहरी अधिकारीसँगको गोप्य भेटवार्ता पछि डिआईजी शाह विराटनगरबाट काठमाडौं उडेका थिए । उनी ३ बजेको फ्लाइटमा काठमाडौं उडेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी अर्को शनिवार विराटनगर फर्कने जनाइएको छ ।

डिआईजी शाह एक हप्तासम्म काठमाडौंमा रहनेछन् । डिआईजी शाहले अभियुक्तसँग भेटवार्ता गरेको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी अधिकारीले भने जानकारी नभएको बताएका छन् ।

प्रहरीले हिरासतमा रहेका पूर्व डिआईजी, एसपी र डिएसपीविरुद्ध संगठित अपराध, मानव अपहरण तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीले ३३ किलो सुन काण्डमा २७ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

वहालबाला र पूर्व उच्च प्रहरी अधिकारी समेत तानिएको सुनकाण्डका अभियुक्तलाई बहालवाला डिआईजीले गोप्य रुपमा भेट्नुलाई शंकाष्पद रुपमा हेरिएको छ ।

सुनकाण्डमा मारिएका सनम शाक्यका आफन्तहरुले भने डिआईजीले अनुसन्धानमा चलखेल गर्न सक्ने आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​यस्ता छन् ‘बिमस्टेक’ सम्मेलनमा जारी ‘काठमाडौं घोषणापत्र’को मुख्य–मुख्य बँदा
​यस्ता छन् ‘बिमस्टेक’ सम्मेलनमा जारी ‘काठमाडौं घोषणापत्र’को मुख्य–मुख्य बँदा
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
माधव नेपाललाई हराएका झक्कुले भिमसेनलाई हराउन सकेनन्
माधव नेपाललाई हराएका झक्कुले भिमसेनलाई हराउन सकेनन्
कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा
कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा
निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री
निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि घरको लैनो गाई बिक्री
प्रधानसेनापति थापा साताव्यापी भारत भ्रमणमा जाँदै
प्रधानसेनापति थापा साताव्यापी भारत भ्रमणमा जाँदै
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
अमर्यादित क्रियाकलाप गरेको भन्दै ऋषि धमलालाई स्पष्टीकरण
अमर्यादित क्रियाकलाप गरेको भन्दै ऋषि धमलालाई स्पष्टीकरण
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल
प्रधानमन्त्रीको निर्देशनपछि डोटीको सुरक्षा व्यवस्था कडा
प्रधानमन्त्रीको निर्देशनपछि डोटीको सुरक्षा व्यवस्था कडा

तपाईंले छुटाउनुभयो कि?