च्याउखेतीबाट आत्मनिर्भर बन्दै महिला !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
च्याउखेतीबाट आत्मनिर्भर बन्दै महिला !

सारांश

  • दाङ, १६ असोज ।
  • तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् ।
  • ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् ।

दाङ, १६ असोज । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् । शुरुका वर्षमा आफूहरूले एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उक्त संस्थाका अध्यक्ष तुलसा बुढामगरले बताए । “केही वर्षपछि भने संस्थामा आबद्ध १४ महिलाको सक्रियता र समूहमा सङ्कलन गरिएको केही रकमबाट एक कट्ठा जग्गा किन्न सफल भयौँ, आफैँ लगानी र श्रमदान गरेर, समूहका लागि पक्की घर बनायौँ र सोही घरमा अहिले च्याउखेती गरेका छौँ ।”उनले भने ।

विसं २०६५ मा कृषि विकास कार्यालयले महिलाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको च्याउखेती सम्बन्धी तालीम पाएलगत्तै गाउँका दिदीबहिनी भेला भई पहिलो वर्ष पाँच हजारको लगानीमा सो खेती शुरु गरिएको उनले जानकारी दिए । त्यस बेलामा वर्षमा रु ३० देखि रु ४० हजार सङ्कलन गरिएकामा विस्तारै व्यवसाय बढाउँदै प्रतिव्यक्ति रु एक लाखसम्म जम्मा हुन थालेपछि संस्थाका लागि जग्गा किन्नाका साथै अहिले उनीहरूले वार्षिक रु सातदेखि १० लाखसम्म आम्दानी गरिरहेका छन् ।

व्यवसायलाई विस्तार गर्न लघुउद्यम कार्यालयले पनि च्याउखेतीका लागि आवश्यक बीउ, कृषि औजार दिँदै आएको छ । अहिले सो समूहबाट दैनिक ८० देखि ९० केजी च्याउ उत्पादन हुने गरेको र त्यो च्याउ लिन उत्पादन गर्ने ठाउँमै ग्राहक आउने संस्थाकी सदस्य अनिता चौधरीले जानकारी दिए । छिट्टै आम्दानी लिन पनि सकिने र मेहनत पनि त्यति नलाग्ने भएकाले सबैले आफ्ना घर–घरमा पनि च्याउखेती गरेको उनको भनाइ थियो । घरमा गरिएको च्याउ खेतीबाट मात्रै वार्षिक रु एक लाख पचास हजारसम्म आम्दानी लिन उनीहरू सफल छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?