विद्यालयमा दक्ष शिक्षक राख्न महायज्ञ
सारांश
- माधव बेल्वासे, कपिलवस्तुु चन्द्रौटा, १६ वैशाख ।
- कपिलवस्तुको शिवराज नगरपालिका वडा १ शिवपुरमा हुन गइरहेको शिवराज शिवपुर शौक्षिक तथा धार्मिक महोत्सवको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।
- सरस्वती आधारभुत विद्यालयले विद्यालयलाई नमुना विद्यालय बनाउन धार्मीक महोत्सव गर्न लागेको हो ।
माधव बेल्वासे, कपिलवस्तुु चन्द्रौटा, १६ वैशाख । कपिलवस्तुको शिवराज नगरपालिका वडा १ शिवपुरमा हुन गइरहेको शिवराज शिवपुर शौक्षिक तथा धार्मिक महोत्सवको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।
सरस्वती आधारभुत विद्यालयले विद्यालयलाई नमुना विद्यालय बनाउन धार्मीक महोत्सव गर्न लागेको हो । वैशाख २२ गते देखी २९ गते सम्म हुने धार्मीक महोत्सवमा भौतिक संरचना निमार्णको काम भइरहेको मुल आयोजक समितिका संयोजक शान्ती जिसीले वताइन ।
विद्यालयको कमजोर अवस्था रहेकोले दक्ष शिक्षक राख्न नसकेको अवस्थामा यस धार्मीक महोत्सव पछी विद्यालयको मुहार फेर्ने आसा रहेको संयोजक जिसीको भनाई छ ।
विद्यार्थी पढाईमा गुणस्तर ल्याउनको लागी विद्यालयको आयोजनामा रहेको उक्त महोत्सवमा मुख्य प्रवचकको रुपमा श्रीद्धय श्री गोविन्द शरण महाराजा जी मार्गदर्शक १०८ राष्ट्र शान्ति महायज्ञ सङकल्पकर्ता रहने विद्यालयले जनाएको छ । वैशाख २२ गते वाट सुरु हुने उक्त धार्मीक महोत्सवमा सहस्र शालिग्राम पुजा अर्चना,विराट धनधान्य महापर्व,भजन किर्तन,गौदान,रुद्रि पाठ, ग्रहशान्ती, लाख वत्ति प्रचलन गरिने महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।
सयुंक्त बिद्याथी सगठन द्धारा ध्यानाकर्षण पत्र
अनेरास्ववियु , नेबिसघं र अखिल क्रान्तीकारी कपिलबस्तुले शिवराज नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
शुल्क आतंक बन्द गराउन, अटेरी गर्ने हरु लाई कारबाही गर्न र सार्बजनिक शिक्षाको गुणस्तरीयता र बिस्वश्नियता वृद्धि गर्न प्रभावकारी भुमिका निर्बाहको लागि ३ विद्यार्थी संगठनहरुले ध्यानकर्षण पत्र वुझाइएका हुन ।
सरकारले जारि गरेको संस्थागत बिद्यालय शुल्क निर्धारण मापदण्ड निर्दे्शिका २०७२ को ठाडो उल्लघंन गरि निजि विद्यालयले चर्को शुल्क बुद्धि गरिरहेकाले उक्त शुल्क बृद्धि अबिलम्ब फिर्ता गराउन, ती विद्यालयको अनुगमन गरि मापदण्ड नपुगि संचालन गरिएका विद्यालयलाई कारवाहि गर्न माग गर्दै शिवराज नगर प्रमुख नेत्रराज अधिकारी तथा उपप्रमुख शिवकुमारी लाई बिद्याथी सगठन हरुले ध्यानाकर्षण पत्र बुझाएको हो ।
सार्बजनिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न, सार्बजनिक शिक्षा प्रति विश्वास बढाउन प्रभावकारि अनुगमन गर्नुपर्ने, निर्देशन र आबश्यक कार्यहरु तत्काल अगाडि बढाउनुपर्ने लगायतका मागहरु उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
नेपालको संविधान २०७२ ले माध्यमिक तहसम्म निशुल्क ब्यबस्था गरेको छ संविधान जारि भएको तीन बर्ष हुन लाग्दा सरकारले शिक्षालाई सबैको पहँचमा पु¥याउँने र निशुल्क ब्यबस्था गर्नुपर्ने त्यस तर्फ ठोस पहलकदमि लिन अनुरोध गरिएको छ ।
स्थानिय तहलाई माध्यमिक तहसम्मको ब्यबस्थापन, अनुगमन र स्थानिय पाठ्यक्रम समेत बनाउँने अधिकार प्रत्यायोजन गरिएको छ तर अधिकार बमोजिमको क्रियाशिलता भने सन्तोषजनक नभएको त्यसैले संविधानले ब्यबस्था गरेको स्थानिय तहको अधिकार प्रयोग गरि शिक्षा क्षेत्र व्यबस्थित गर्न जोडदार माग गर्दै अनेरास्ववियु जिल्ला अध्यक्ष बाबुराम अर्याल, नेवि सघं जिल्ला उपसभापति शंकर न्यौपाने ,अनेरास्ववियु क्रान्तिकारी जिल्ला सह सयोजक दयाराम पौडे द्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझाउन अनेरास्ववियु सचिव उज्जवल अधिकारि सहसचिव प्रदिप खनाल,इन्दिरा क्षेत्री सहित ३ बिद्यार्थी सगंठनका पदाधिकारि टोलि पुगेको थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख अधिकारीले सम्बन्धित निकायसंग आवश्यक छलफल गरि ठोस निर्णय गर्ने प्रतिक्रिया दिनुभएको छ । शिक्षाको क्षेत्रलाई प्रवावकारी बनाउन सबैको सुझावको लिदैं काम गर्ने बताउनु भयो ।
विजयनगरमा नया शक्ति पार्टी नेपालको पहिलो भेला सम्पन्न
कपिलवस्तुको विजयनगर गाउपालिकामा नया शक्ति पार्टी नेपालको प्रथम भेला सम्पन्न भएको छ ।
गाउपालिकाका इन्चार्ज रामनिवास पुरीको अध्यक्षतामा भएको भेलाले गाउमा पार्टीलाई मजवुत बनाउने निर्णय गरेको छ ।समतामुलक,समानपातिक,सुशासन,स्वधिनता,सम्उन्नत गराउने उद्देश्यले देश समृद्धीको अभियान लाग्ने पार्टी नया शक्ति मात्र रहेकोले गाउ स्तरमा पार्टीलाई मजवुत बनाउने अभियानमा लागेको इन्चार्ज पुरीले वताए ।
आइतवार भएको भेलाले गाउपालिका भित्र रहेको सम्पुर्ण वडामा एक महिना भित्र वडा कमिटि गठन गर्ने निर्णय गरेको जनाए ।भेलाले गाउपालिकास्तरको नया समिति समेत गठन गरेको छ । जसको अध्यक्षमा फिरोज पठान,सचिवमा किशोर चौधरी,कोषाध्यक्षमा शुवराती पठान सहित १५ सदस्य समिति चयन गरीएको इन्चार्ज पुरीले वताए ।
साथै भेलाले वैकल्पीक सरकारको रुपमा इन्चार्ज पुरीकै नेतृत्व समिति गठन गरीएको छ । विजयनगर गाउपालिकामा भएका गलत कामलाई पार्टी नेतृत्व तहवाट खवरदारी गर्ने तथा समाज र जनताको लागी राम्रो काम गरेमा गाउपालिकालाई सहयोग गर्ने भेलाले निर्णय गरेको छ ।
विकाशका कामलाई जनप्रतिनिधि मनपरी ढङग वाट गरेमा त्यो राम्रो नहुने चेतावनी दिएको छ ।गाउपालिकाका इन्चार्ज रामनिवास पुरीको अध्यक्षतामा भएको भेलामा १सय ५० जना नेता कार्यक्रताका सहभागी रहेको थियो ।
प्रतिक्रिया