कर्मचारीले ठेकेदारको खर्चमा विदेश भ्रमण गर्न नपाउने!

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
३० पटक हेरिएको
Shares
कर्मचारीले ठेकेदारको खर्चमा विदेश भ्रमण गर्न नपाउने!

सारांश

  • काठमाडौं – कर्मचारीले अनावश्यक रूपमा विदेश भ्रमण गरी राज्यकोष दोहन गरेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ जारी गरेको छ ।
  • चालु आर्थिक वर्षको पहिलो छ महिनामा विदेश भ्रमणका नाममा कर्मचारीले करिब दुई अर्ब १५ करोड रुपैयाँ राज्यकोषबाट रित्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका ल्याएको हो ।
  • ‘सरकारी पदाधिकारीको वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, मितव्ययी, पारदर्शी र व्यवस्थित बनाउन वाञ्छनीय भएकाले नेपाल सरकारले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाएको छ ।

काठमाडौं – कर्मचारीले अनावश्यक रूपमा विदेश भ्रमण गरी राज्यकोष दोहन गरेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ जारी गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा विदेश भ्रमणका नाममा कर्मचारीले करिब दुई अर्ब १५ करोड रुपैयाँ राज्यकोषबाट रित्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका ल्याएको हो ।

‘सरकारी पदाधिकारीको वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, मितव्ययी, पारदर्शी र व्यवस्थित बनाउन वाञ्छनीय भएकाले नेपाल सरकारले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाएको छ ।’ निर्देशिकामा भनिएको छ ।

निर्देशिकाअनुसार अब सरकारी कर्मचारीले ठेकेदार वा परामर्शदाताको खर्चमा विदेश भ्रमण गर्न पाउने छैनन् ।

यसअघि सरकारी कर्मचारी सरकारलाई व्ययभार नपर्ने भन्दै ठेकेदार, परामर्शदाता, आयोजना तथा परियोजना खर्चमा विदेश भ्रमणमा जाने गर्थे ।

ठेकेदार र परामर्शदाताले कर्मचारीलाई विदेश भ्रमण गराई देशभित्र सञ्चालित परियोजनामा आफू अनुकुल प्रभाव पार्दै आएका थिए ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg☀ σf? уσυя? ρнσтσ? ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    उत्तम घिमिरे

    मुहानमा नेता छन्, किन खानु त धमिलाे पानि ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?