३३ किलाे सुन प्रकरण: २८ अभियुक्तलाई एकैपटक अदालतमा पेश गरिँदै, गोरे खोइ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण: २८ अभियुक्तलाई एकैपटक अदालतमा पेश गरिँदै, गोरे खोइ ?

सारांश

  • काठमाडौं, १९ बैशाख ।
  •   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत माघ ७ गते काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तहरुलाई एकैपटक  वुधवार (आज) जिल्ला अदालत मोरङमा पेस गरिँदै छ ।
  • उनीहरु विभिन्न मितिमा पक्राउ परेका थिए ।

काठमाडौं, १९ बैशाख ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत माघ ७ गते काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तहरुलाई एकैपटक  वुधवार (आज) जिल्ला अदालत मोरङमा पेस गरिँदै छ ।

उनीहरु विभिन्न मितिमा पक्राउ परेका थिए । उनीहरूको मुद्दा आजबाट पूर्ण रूपमा अदालत प्रवेश गर्ने भए पनि मुख्य अभियुक्त चूडामणि उप्रेती उर्फ गोरेलाई भने प्रहरीले अहिलेसम्म पत्तो लगाउन सकेको छैन ।

अचम्म त के भने अहिलेसम्म गायब भएको सुनबारे पनि प्रहरीमा अन्योल छ ।

साढे ३३ किलो सुनकाण्डको छानबिन गर्न २० चैतमा गठन गरिएको सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिको म्यादसमेत वुधवार (आज) बाटै सकिँदै छ ।

समितिकै छानबिनका आधारमा २८ जना पक्राउ परेका हुन् । तर, एकमहिने छानबिनले तस्करीको मुहान भने पहिल्याउन सकेन ।

सबैभन्दा ठूलो मतियार गोरेसमेत फरार हुनु र प्रहरी अधिकृतहरु धमाधम यो काण्डमा मुछिनुले भने यो काण्ड लहरो तान्दा पहरो थर्कने सम्भावना बढी भएको औंल्याइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?