पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०८०
|
|
२३ पटक हेरिएको
Shares
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्यसहित अघि बढ्ने निर्णय गरेको छ।
  • बुधबार काठमाडौंमा तीनदिनसम्म काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्दै राप्रपाले नवीन राप्रपाको अवधारणासहित नयाँ रणनीति र कार्यनीति अवलम्वन गर्दै आगामी पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्यसहित अघि बढ्ने निर्णय गरेको जनाएको हो।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्यसहित अघि बढ्ने निर्णय गरेको छ।

बुधबार काठमाडौंमा तीनदिनसम्म काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्दै राप्रपाले नवीन राप्रपाको अवधारणासहित नयाँ रणनीति र कार्यनीति अवलम्वन गर्दै आगामी पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्यसहित अघि बढ्ने निर्णय गरेको जनाएको हो।

बैठकले हरेक समिति र तहहरुमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० बर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी वेतनधारी कर्मचारीको संगठन नवनाउने, विद्यार्थी संगठनलाई गैर राजनीतिक बनाउने निर्णय गरेको छ।

त्यस्तै बैठकल नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई राज्यविरुद्धको अपराध, संगठीत अपराध, सरकारी दस्तखत किर्ते लगाएतका कसुरमा कारावाही चलाउनुपर्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

बैठकले क्यान्टोनमेन्ट घोटाला, ललिता निवास, एनसेल प्रकरण, वाइडबडी काण्डलगायत भ्रष्टाचारको छानबिन गरि दोषिलाई कारवाही गर्न माग गरिएको उनले बताए।

२०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न समेत माग गरेको उनको भनाइ छ।

त्यस्तै बैठकले राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापना, संघीयता खारेजीको राष्ट्रिय आवश्यकता जनआकांक्षा बमोजिम निर्णायक मिलनबिन्दुमा स्थापीत गर्न टड्कारो बनेको निष्कर्ष निकालेको छ। बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरु परिमार्जन सहित पारित गरेको राप्रपाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने
निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने
विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
आज उम्मेदवारको विरोधमा उजुरी दिन पाइने
आज उम्मेदवारको विरोधमा उजुरी दिन पाइने
​विदेश जाँदा पनि सुध्रिएन बानी-चिन्तित प्रहरीहरुको  हाइटी बाट  चिठी !
​विदेश जाँदा पनि सुध्रिएन बानी-चिन्तित प्रहरीहरुको हाइटी बाट चिठी !
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
सरकारले बजेट ल्याउन नसक्नुमा देउवाको दोष–ओली
युएईमा अष्टमी गुरुङ आत्महत्या घटना : आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला
युएईमा अष्टमी गुरुङ आत्महत्या घटना : आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला

तपाईंले छुटाउनुभयो कि?