क्यासिनो मुद्दा: अदालत बिकेको की हेर्न नभ्याएको ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
क्यासिनो मुद्दा: अदालत बिकेको की  हेर्न नभ्याएको ?

सारांश

  • काठमाडौं, २० वैशाख ।
  • सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको भरमा चलेका एक दर्जनभन्दा बढी क्यासिनोले राज्यलाई कर तिरेका छैनन् ।
  • अदालती आदेशका भरमा सञ्चालनमा रहेका ती क्यासिनोले एक अर्ब ३२ करोड रूपैयाँ राजश्व तिर्न बाँकी छ ।

काठमाडौं, २० वैशाख । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको भरमा चलेका एक दर्जनभन्दा बढी क्यासिनोले राज्यलाई कर तिरेका छैनन् ।

अदालती आदेशका भरमा सञ्चालनमा रहेका ती क्यासिनोले एक अर्ब ३२ करोड रूपैयाँ राजश्व तिर्न बाँकी छ । राजश्व नतिरि बन्द रहेका केही क्यासिनो पनि गत बर्षबाट नाम परिवर्तन गरी अदालतको अन्तरिम आदेशबाटै सञ्चालनमा आएका छन् । यसको पछिल्लो उदाहरण हो होटेल मल्लमा सञ्चालनमा आएको क्यासिनो बिल्लिज ।

पर्यटन विभागले यसअघि उक्त होटेलमा सञ्चालित क्यासिनो भेनसले बक्यौता नतिरेको भन्दै बिल्लिजलाई सञ्चालन अनुमति दिएको थिएन । क्यासिनो भेनसले राज्यलाई सात करोड ६५ लाख सात हजार रूपैयाँ बक्यौता रकम बुझाउन बाँकी छ । क्यासिनो सञ्चालन गरेवापत होटेल याक एन्ड यतीले पनि सरकारलाई ११ करोड ८७ लाख रूपैयाँ तिरेको छैन । तर, अदालतको २३ कात्तिक ०७२ को अन्तरिम आदेशका भरमा उक्त क्यासिनो सञ्चालनमा छ ।

अदालती आदेशको बहाना बनाउँदै उक्त होटेलले राजश्व तिर्न अटेर गर्दै आएको छ । पर्यटन विभागका अनुसार होटेल अन्नपूर्ण इन्टरनेसनलले ११ करोड ६९ लाख, एभरेस्ट होटेल प्रालिले १० करोड ३५ लाख र नेपाल रिक्रिएसन सेन्टरका सञ्चालक राकेश बाँध्वाले ५३ करोड ५० लाख रूपैयाँ तिर्न बाँकी रहेकाे अपराध खबरले लेखेकाे छ ।यस्तै, ह्याप्पी आवर प्रालिले ६ करोड ९३ लाख र फूलबारी रिसोर्टले २४ करोड ६६ लाख रूपैयाँ बुझाएका छैनन् । विभागका अनुसार अदालती आदेशमा याक एन्ड यतीको क्यासिनो रोयल र होटेल ¥याडिसनको क्यासिनो ¥याड सञ्चालनमा छन् । क्यासिनो रक इन्टरनेसनलले भैरहवाको होटेल बोधी रेडसन, वीरगञ्जको होटेल सुरज, काँकडभिट्टाको होटेल रियाज र धनगढीको होटेल साथीमा क्यासिनो चलाइरहेको छ । उक्त कम्पनी मिनी क्यासिनो सञ्चालक हो ।

अदालतको अन्तरिम आदेशकै भरमा ह्याप्पी आवर प्रालिबाट महेन्द्रनगर, नेपालगञ्ज, चन्द्रगढी र भैरहवामा पनि क्यासिनो सञ्चालन भइरहेका छन् । ह्यापी आवरका पक्षमा १५ साउन ०७१ मा अदालती आदेश आएको थियो । अदालती आदेशको कारण कर असुल्न नसकिएको पर्यटन बिभागका एक अधिकृत बताउँछन् ।

सर्वोच्च अदालतले चार वर्षसम्म अन्तिम फैसला नगर्दा काठमाडौं उपत्यकाका लगाएका देशका अधिकांश क्यासिनोहरू पर्यटन मन्त्रालयले दिएको लाइसेन्सकै आधारमा सञ्चालनमा छन् । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा बनेको क्यासिनो नियमावली २०७० अनुसार पाँचतारे होटेलमा सञ्चालित क्यासिनोले नयाँ इजाजतपत्र लिनुपर्ने हुन्छ ।

तर, पर्यटन मन्त्रालयकै अनुपतिपत्रका आधारमा क्यासिनो सञ्चालन गर्न सर्वोच्चले अन्तरिम आदेश सुनाएकाले क्यासिनो सञ्चालकहरू फाइदामा छन् ।

क्यासिनो स्टार काठमाडौंका सञ्चालक प्रचण्डमान श्रेष्ठ, भ्याली लिंक प्रालि, पोखरा ग्रान्ड प्रालिका तर्फबाट सञ्चालक उषा सिलवाल र क्यासिनो ग्रान्डका सञ्चालकले १ असोज २०७० मा सर्वोच्चमा पर्यटन मन्त्रालय तथा पर्यटन विभागबाट पाएको अनुमतिकै आधारमा क्यासिनो सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै रिट हालेका थिए । उनीहरूले नयाँ नियमावली बदर गर्न माग गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले २ असोजमा मन्त्रालयले दिएको अनुमतिपत्रका आधारमा क्यासिनो सञ्चालन गर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग
सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग
एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ लाभकर तिर्न ७ दिनको म्याद
एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ लाभकर तिर्न ७ दिनको म्याद
Best Dating Applications For Joining
मोदीको कार्यक्रममा माअोवादी मन्त्री किन गयनन् ? हामी त्यसै चुप लागेर बस्दैनौं !
मोदीको कार्यक्रममा माअोवादी मन्त्री किन गयनन् ? हामी त्यसै चुप लागेर बस्दैनौं !
सुन तस्करी प्रकरण: पक्राउ परेका व्यवसायी पोद्दार सहित चार जनालाई पूरक अभियोग दर्ता
साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै
साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै
तमोर आयोजनाबारे पावर चाइनालाई पत्राचार गर्ने निर्णय
तमोर आयोजनाबारे पावर चाइनालाई पत्राचार गर्ने निर्णय
पाकिस्तानका पूर्व प्रधानन्त्री सरिफलाई पक्रन अदालतको आदेश
पाकिस्तानका पूर्व प्रधानन्त्री सरिफलाई पक्रन अदालतको आदेश
कोरोनाले एकै दिन २१४६ जनाको मृत्यु : इटलीमा ८१२ र स्पेनमा ५३७
कोरोनाले एकै दिन २१४६ जनाको मृत्यु : इटलीमा ८१२ र स्पेनमा ५३७
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?