कृष्णप्रसाद सिटौलाले अाेली र दाहाल लार्इ बहर र साँढेगाेरू भनेपछि…
सारांश
- काठमाडाै, २० वैशाख ।
- कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले एमाले–माओवादी केन्द्रबीचको एकता बहर र साँढेगाेरू नारे जस्तै भएकाे बताएका छन ।
- नेता सिटाैलाले अाेली र दाहालकाे वार्तालाइ व्याङग्य गर्दै अाेली र दाहालकाे मिलन बहर र साँढेगाेरू नारे जस्तै हुने बताए ।
काठमाडाै, २० वैशाख । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले एमाले–माओवादी केन्द्रबीचको एकता बहर र साँढेगाेरू नारे जस्तै भएकाे बताएका छन ।
नेता सिटाैलाले अाेली र दाहालकाे वार्तालाइ व्याङग्य गर्दै अाेली र दाहालकाे मिलन बहर र साँढेगाेरू नारे जस्तै हुने बताए ।
सिटाैलाले एक अन्तर्वातामा भनेका छन’मेरो मूल्याङ्कन के छ भने, एउटा साँढे, एउटा भर्खर दुध खान छोडेको बहरलाई हलगोरु बाँधेर जोत्न खोजेजस्तो हो, बामगठबन्धन। यसरी जोत्दा कतिबेला जुवा भाँचिन्छ, थाहा छैन। तर भाँचिन चाहिँ भाँचिन्छ, भाँचिन्छ। हलगोरु सँगै हिँड्ने सार्है राम्रो लक्षण छैन।
बेला बेला म पत्रपत्रिकामा पढ्न पाउँछु, ‘देशी विदेशी षडयन्त्रले गर्दा वामएकता तोडिन आँट्यो, देशी विदेशीले हाम्रो एकतामा भाँजो हाल्न खोजे, तरपनि हामी एक हुन्छौं।’ यसै भनेर दुईटै डुक्रिन्छन्। प्रचण्डजीपनि यसै भन्नुहुन्छ, ओलीजीपनि।
एमाले–माओवादी केन्द्रबीचको एकता कुन देशीले रोक्दा रोकिन्छ? आफूले आफैलाई विदेशीले भनेको मान्ने हुँ जसरी कसरी बोलेको? मिल्ने हो भने उहाँहरुलाई कसले रोकेको छ? नमिल्ने हो भने पनि कसले रोकेको छ? मिल्ने नमिल्ने दुबै कुरा उहाँमा निर्भर हुने कुरा हो। देशी विदेशी भनेर किन बेकारमा बोल्नुपर्यो?
उहाँहरुको एकता बनाउनपनि, एकता तोड्नपनि कुनै देशीविदेशी सक्रिय छन् भन्ने लाग्दैन।
Justin Biral
? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News
? CH BOTTERZ ? SURAJ-KING,TK ?
JN Marasini
bam ekatale khuskina lage jasto x
Narbahadur Gharti
सही हो
Ramchandra Poudal
टुके लाई टुक्रा दिएछन्
Bisweswor Prasad Koirala Koirala
अब चै देउवा पछी यसैले हाल्छ होला घाँटीमा पासो होस गरे कंग्रेस साथी हो