पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना थुन्न सक्ने!

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना थुन्न सक्ने!

सारांश

  • काठमाडौं, २२ वैशाख- हिजो शुक्रबार दिनभर यातायात व्यवसायी महासंघमा आवद्ध कुनै पनि गाडी सडकमा चलेनन् ।
  • एनजिओको रुपमा गाडी चलाइरहेका व्यवसायीले सिन्डिकेट हुनुपर्ने माग गर्दै गाडी नचलाउँदा दिनभर यात्रुलाई सास्ती खेप्नु परेको थियो ।
  • यता सरकार भने सिन्डिकेट विरुद्ध कडा रुपमा प्रस्तुत भएको छ ।

काठमाडौं, २२ वैशाख- हिजो शुक्रबार दिनभर यातायात व्यवसायी महासंघमा आवद्ध कुनै पनि गाडी सडकमा चलेनन् । एनजिओको रुपमा गाडी चलाइरहेका व्यवसायीले सिन्डिकेट हुनुपर्ने माग गर्दै गाडी नचलाउँदा दिनभर यात्रुलाई सास्ती खेप्नु परेको थियो ।

यता सरकार भने सिन्डिकेट विरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । शुक्रबार देशभरबाट सार्वजनिक यातायात नचलाएर सवारी ठप्प बनाउने ७६ जना व्यवसायीका नेतालाई सरकारले पक्राउ गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेकाहरुलाई ‘सिन्डिकेट’ छोडेको लिखित प्रतिवद्धता गरेमात्र छोडिनेछ । प्रतिबद्धता नगरेमा पक्राउ परेकाहरुलाई घटीमा २४ दिनदेखि ६ महिनासम्म कैद गरिने व्यवस्था छ ।

यातायात व्यवस्था विभागले शुक्रबार माइक्रो नचलाएको भन्दै उपत्यकामा चलिरहेका २६ वटा माइक्रोबसको रुट अनुमति निलम्बन गरेको छ । नयाँ बसपार्क–सामाखुसी–रत्नपार्क रुटभएका (एस फाइभ) मा चल्ने माइक्रोबास रहेको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले बताएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kebal Kc

    म सरकारलाई अनुरोध गर्छु कि हामी जनता बरु कस्ट सहन तयार छौ तर यो सिन्दिकेतधारी गुण्डाहरुलाई निमित्त्यान्न पार्नु होला | ईनिहरुले कमाको अकुत सम्पत्तिको स्रोत खुलाई कर्वाइ गर्नुहोला | आज हामी जनता सरकारको साथमा छौ |

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?