सरकार संग यस्ताे माग राख्दै यातायात व्यवसायीको आन्दोलन फिर्ता !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सरकार संग यस्ताे माग राख्दै यातायात व्यवसायीको आन्दोलन फिर्ता !

सारांश

  • काठमाडाै, २२ वैशाख ।
  • सिन्डिकेट विरुद्ध सरकार आक्रामक भएपछि सिन्डिकेट पक्षधर व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।
  • देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएपछि उनीहरुले शनिबारबाटै यातायात सञ्चालन गर्न थालेका हुन्।

काठमाडाै, २२ वैशाख । सिन्डिकेट विरुद्ध सरकार आक्रामक भएपछि सिन्डिकेट पक्षधर व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।

देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएपछि उनीहरुले शनिबारबाटै यातायात सञ्चालन गर्न थालेका हुन्।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शनिवारदेखि नै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन्।

कर्माचार्यले शनिबारको मितिमा शुक्ररबार विज्ञप्ती निकालेर त्यस्तो आह्वान गरेका हुन्। देशभर गाडीहरु ग्यारेजमा थन्क्याई आन्दोलनमा साथ दिएको भन्दै विज्ञप्तीमा यात्रु र सर्वसाधरणलाई पनि धन्यवाद दिइएको छ।

‘यातायात बन्दबाट प्रभावित भएका सर्वसाधरणसँग हामी क्षमायाचना गर्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा पक्राउ परेका हाम्रा महासचिव पुण्यप्रसाद सिटौला (सरोज), कोषाध्यक्ष डम्बर पन्तसहितका पदाधिकारी, व्यवसायी, मजदुर र कर्मचारीलाई विनाशर्त रिहा गर्न पनि माग गर्दछौँ।’

सरकारले आफूहरुलाई वार्तामा बोलाउनु पर्ने र नयाँ गाडीहरुलाई अनुमति दिँदा आफूहरुसँग परामर्श गर्नुपर्ने माग राख्दै यातायात व्यवसायी महासंघको नेतृत्वमा शुक्रवार देशभर गाडी ग्यारेजमै थन्काएका थिए। तर सरकारले ग्यारेजमै गाडी थन्काउने र यातायातजस्तो अत्यावश्यक सेवामा अवरोध गर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो।

शुक्रबार यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सिवेदी, महासचिव सरोज सिटौला, सह–कोषाध्यक्ष डम्बर पन्तलगायत देशभरबाट झण्डै सय जना यातायात व्यवसायीहरु पक्राउ परेका थिए।

विज्ञप्तिमा शुक्रबार पक्राउ परेका यातायात व्यवसायीलाई निर्शत रिहा गरिनुपर्ने तथा यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने माग गरिएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Arjun Bista

    Aaba parmukh mag vaneko andolan kari lai xodnu parne ani 1.2 jana mare vane said ghosana ghaite lai up4 yo vanda aru kam xEna tai na tui ko andolan

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?