सप्तरी ४ः ‘भत्किएको’ गढ भर्सेस जातीय भोट

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
४० पटक हेरिएको
Shares
सप्तरी ४ः ‘भत्किएको’ गढ भर्सेस जातीय भोट

सारांश

  • आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि चुनावका दलहरु तयारीमा जुटिसकेका छन् ।
  • आफ्नो पक्षमा नतिजा ल्याउनका लागि दलहरु हरेक किसिमको हथकण्डा अपनाउन व्यस्त छन् ।
  • सप्तरीको क्षेत्र नम्बर ४ का उम्मेदवारहरु पनि यसबाट अछुतो छैनन् ।

आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि चुनावका दलहरु तयारीमा जुटिसकेका छन् । आफ्नो पक्षमा नतिजा ल्याउनका लागि दलहरु हरेक किसिमको हथकण्डा अपनाउन व्यस्त छन् ।

सप्तरीको क्षेत्र नम्बर ४ का उम्मेदवारहरु पनि यसबाट अछुतो छैनन् । प्रतिनिधिसभाका लागि १४ जनाले उम्मेदवारी दिएपनि तीन जना चर्चामा छन् ।

मधेसी गठबन्धनबाट चुनाव लडेका मृगेन्द्रकुमार सिंह यादव, कांग्रेसका तेजुलाल चौधरी र वाम गठबन्धनका मोहम्मद इस्लाम मुख्य प्रतिस्पर्धी हुन् ।

पूर्वमन्त्री समेत रहेका मृगेन्द्रलाई राष्ट्रिय जनता पार्टीले उम्मेदवार बनाएको छ । कांग्रेसका उम्मेदवार निवर्तमान सांसद चौधरी युवा तथा खेलकुद राज्यमन्त्री हुन् भने इस्लाम पछिल्ला सबै चुनाव लड्दै आएका छन् ।

तीन उम्मेदवारले दोस्रो संविधानसभाको निर्वाचनमा पनि उम्मेदबारी दिएका थिए । यसमध्ये मृगेन्द्र र इस्लाम एउटै क्षेत्रबाट थिए भने चौधरी अर्काे क्षेत्रबाट ।

चौधरी तत्कालिन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए भने क्षेत्र नम्बर ६ बाट तत्कालिन फोरम लोकतान्त्रिकबाट उम्मेदबारी दिएका मृगेन्द्र र दलित जनजाति पार्टीबाट उम्मेदवार बनेका इस्लाम पराजित भएका थिए ।

यो पटक तीन उम्मेदवार क्षेत्र नम्बर ४ मा छन् र कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

भत्किएको गढलाई सुधार्ने प्रयासमा मृगेन्द्र

मृगेन्द्रकुमार सिंह यस्ता पात्र हुन्, २०७० को संविधानसभा अघि हरेक चुनाव जित्दै आएका थिए तर, दोस्रो संविधानसभामा पराजित भए ।

उनी लोकतान्त्रिक फोरमका उम्मेदवार थिए भने भाइ अनिरुद्वकुमार सिंह यादव फोरम नेपालबाट । दाजुभाइ चुनावी मैदानमा उत्रिँदा कांग्रेसका सुरेन्द्र यादवले बाजी गरे । मृगेन्द्र दोस्रो स्थानमा रहन पुगे ।

आफ्नो गढ अब उनको रहेन । पार्टी अध्यक्ष विजयकुमार गच्छदार सरकारमा गएपछि उनले दल त्यागको घोषणा गरे र सद्भावना पार्टीमा प्रवेश गरे ।

उसो त उनी विगतमा सद्भावनाकै सकृय कार्यकर्ता थिए । राजा ज्ञानेन्द्रले शाषण सत्ता हातमा लिएपछि सगरमाथा अञ्चलमा मनोनित भए । मधेस आन्दोलनको समयमा फोरम नेपालमा प्रवेश गरेका उनी पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित मात्र भएनन्, मन्त्री पनि बन्न सफल भए ।

अहिले उनी फोरम लोकतान्त्रिक, सद्भावना हुँदै राजपामा आइपुगेका छन् । उनलाई पार्टीमा ल्याएर टिकट दिनुको कारण उनको आफ्नो भोट मानिएको छ । ‘उनको आफ्नो मुठीको भोट धेरै छ’ राजपाका एक कार्यकर्ताले भने, ‘जसले जतिसुकै गरेपनि ती भोट अन्य ठाउँमा जाँदै जाँदैन् ।’

तर, उनको भनिएको गढ २०७० मै भत्किसकेको छ । त्यो फेरि कति कायम हुनसक्यो हेर्न बाँकी नै छ । साथै यस पटक भौगोलिक क्षेत्र फराकिलो बनेको छ । उनको प्रभाव नरहेको चुरे र पूर्व पश्चिम राजमार्ग क्षेत्र पनि क्षेत्र नम्बर ४ मा परेकाले मृगेन्द्रको के हुन्छ तत्काल भन्न गाह्रो छ ।

तेजुलाल कति तेज ?

मृगेन्द्र सिंह यादवसँग चुनावी मैदानमा ओर्लेका कांग्रेसका तेजुलाल चौधरी राजनीतिका पुरानो खेलाडी होइनन् । विद्यार्थी राजनीति नेवि संघबाट गरेपनि उनी पछिल्लो समय सफल विद्यालय सञ्चालकका रुपमा परिचित थिए ।

तर, दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसबाट टिकट मात्र पाएनन्, चुनाव जितेपनि । आर्थिक हैसियत राम्रो भएका चौधरीको स्ट्रेन्थका रुपमा कांग्रेसको भोटका साथै थारु भोट माािनन्छ । पूर्व पूर्वपश्चिम राजमार्ग क्षेत्रमा थारुहरुको बसोबास राम्रै छ, जसले उनलाई जिताउन पनि सक्छ ।

इस्लामको यात्रा

मृगेन्द्र र तेजुलालसँगै वाम गठबन्धनका उम्मेदवार मो. इस्लामले लगातार तेस्रो चुनाव लड्दैछन् । लामो समय वैदेशिक रोजगारीमा रहेका इस्लाम पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार एकाएक चर्चामा आए । उनले दुई वटा दलित वस्तीमा आफ्नो व्यक्तिगत लगानीमै बाटो बनाइदिएका थिए । तर, पनि उनले चुनाव जित्न सकेनन् ।

दोस्रो संविधानसभा चुनाव पनि हारे । त्यसपछि आफ्नो नेतृत्वमा पार्टीकै गठन गरे । २०७२ सालमा मधेस आन्दोलन भइरहँदा उनले ‘दलित उत्पीडित मुक्ति मोर्चा’ नामक पार्टीकै गठन गरे आफ्नै नेतृत्वमा ।

नयाँ पार्टी खासै जम्न नसकेपछि उनले स्थानीय चुनाव मेयर बन्ने सपना बुने र बोदे बर्साइन नगरपालिकाको मेयरमा उम्मेदवारी दिए । यद्यपि सफल हुन सकेनन् । नेपाली जनता दलबाट चुनाव लडेका उनले १७ सय मत पाए ।

अहिले उनी एमालेसँग सहमति गरेर वाम गठबन्धनको उम्मेदवार बनेका छन् । चुनावपछि एमालेमा समाहित हुने प्रतिबद्वतापछि उनले टिकट पाएका हुन् । एमाले र माओवादीको संगठनको बलका साथै मुश्लिम भोटलाई आफ्नो आफ्नो पक्षमा पारेर चुनाव जित्ने उनको दाउ छ ।

को कति बलिया ?

सप्तरी ४ मा खड्ग, सुरुङ्गा र बोदे बर्साइन नगरपालिका तथा बलान-बिहुल गाउँपालिका पर्छ । स्थानीय तहको निर्वाचनमा चारमध्ये तीन तहमा मधेसवादी दलले जितेका छन् । खड्ग तथा बोदे बर्साइन नगरपालिका तथा बलान-बिहुल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले जितेको छ भने सुरुङा नगरपालिकामा कांग्रेसले जित हात पारेको छ ।

उत्तरी चुरे क्षेत्रदेखि भारतीय सीमासम्म जोडिएको यो क्षेत्रको माथिल्लो भागमा कांग्रेस र एमालेको प्रभाव पहिलादेखि नै छ । तर, पूर्व-पश्चिम राजमार्गदेखि दक्षिणसम्मको भागमा मधेसवादी दलको प्रभुत्व देखिएको छ ।

यो क्षेत्रमा कांग्रेस र मधेसवादी दलको तुलनामा वाम गठबन्धनको अवस्था कमजोर देखिएको छ । स्थानीय तहको निर्वाचनमा सुरुङा नगरपालिकामा एमाले दोस्रो भएको थियो । बलान बिहुल गाउँपालिकामा माओवादी भने दोस्रो भएको थियो फराकिलो मत अन्तरले ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
सांसददेखि शिक्षकसम्म १९ हजारले लुकाए सम्पत्ति विवरण
सांसददेखि शिक्षकसम्म १९ हजारले लुकाए सम्पत्ति विवरण
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा
Antivirus For PC – The way to select the Best Antivirus For Your COMPUTER
पर्सामा नेपाल–भारत स्तम्भको खोजी
पर्सामा नेपाल–भारत स्तम्भको खोजी
गरिमा विकास बैंकको लाभांश घोषणा
गरिमा विकास बैंकको लाभांश घोषणा
भारतीय र नेपाली रकमसहित तीन जना पक्राउ
भारतीय र नेपाली रकमसहित तीन जना पक्राउ
रौतहटको गरुडा घटना छानबिनका लागि टोलीले काम सुरु गर्‍यो
रौतहटको गरुडा घटना छानबिनका लागि टोलीले काम सुरु गर्‍यो

तपाईंले छुटाउनुभयो कि?