अबदेखि विदेशीले कामदार माग्दा नेपाली नियोगबाट प्रमाणित गराउनुपर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
४८ पटक हेरिएको
Shares
अबदेखि विदेशीले कामदार माग्दा नेपाली नियोगबाट प्रमाणित गराउनुपर्ने

सारांश

  • काठमाडौँ, २५ वैशाख- अबदेखि विदेशीले कामदार माग्दा नेपाली नियोगबाट प्रमाणित गराउनुपर्ने भएको छ ।
  • हिजो साँझ बसेको मन्त्रीपरिषद वैठकले यस्तो निर्णय गरेको हो ।
  • मन्त्रीपरिषद बैठकले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

काठमाडौँ, २५ वैशाख- अबदेखि विदेशीले कामदार माग्दा नेपाली नियोगबाट प्रमाणित गराउनुपर्ने भएको छ । हिजो साँझ बसेको मन्त्रीपरिषद वैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

उक्त निर्देशिकाअनुसार अबदेखि विदेशी रोजगारदाता कम्पनीहरुले नेपाली श्रमिकको माग गर्दा सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गराउनुपर्नेछ ।

त्यसैगरी मन्त्रीपरिषद वैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ । मोदी यही वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दैछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको राज्यमन्त्री बाँस्कोटाले बताए ।

बैठकले कारागारसम्बन्धी प्रचलित कानूनलाई संशोधित र एकीकरण गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?