मेयर चाैधरीका कारण राेकिन पुग्याे ६ लेनको सडक!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मेयर चाैधरीका कारण राेकिन पुग्याे ६ लेनको सडक!

सारांश

  • अस्बिन खड्का २५ वैशाख ।
  • स्थानीय निर्वाचन सम्पन्न भए लगत्तै मेयरको कुर्सि सम्हाल्न पुगेका इटहरीका मेयर द्वारिकलाल चौधरी  सिएफएल काण्डमा भएको लाखौ अनियमिताको प्रकरण संगै बिवादमा तानिदै आएका छन ।
  • उनले अहिले पनि संघिय सरकारले बनाएको नीति बिपरीत एकलौटि निर्णय गर्दै परियोजनामा पठाएपछि सडक निर्माण नै अन्यौलमा पर्न गएको छ ।

अस्बिन खड्का २५ वैशाख । स्थानीय निर्वाचन सम्पन्न भए लगत्तै मेयरको कुर्सि सम्हाल्न पुगेका इटहरीका मेयर द्वारिकलाल चौधरी  सिएफएल काण्डमा भएको लाखौ अनियमिताको प्रकरण संगै बिवादमा तानिदै आएका छन ।

उनले अहिले पनि संघिय सरकारले बनाएको नीति बिपरीत एकलौटि निर्णय गर्दै परियोजनामा पठाएपछि सडक निर्माण नै अन्यौलमा पर्न गएको छ । ६ लेनको सडक निर्माणका लागि परियोजनाले इटहरी क्षेत्रमा सडक केन्द्रदेखि दाँया र बायाँ २५ मिटर कायम गरि निर्माण कार्य अघि बढाउन सम्बन्धित ठेकेदारलाई स्टिमेट दिएको थियो तर इटहरीका सिमित ब्यापारीहरूको दवाबका कारण मेयर चौधरीले २५ मिटरलाई परिमार्जन गर्दै १५ मिटर बनाउनुपर्ने भन्दै परिपत्र गरेपछि ६ लेन सडक बिचमै स्थकित हुन पुगेको हो ।

सिमित ब्यापारीहरूको दबाबमा निर्माण हुदा हुदै रोकिन पुगेको महत्वकांक्षी योजनाको रुपमा हेरीएको बिराटनगर रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजना इटहरी आइपुग्दा उपमहानगरपालिकाका मेयर  चौधरीले सडक विधान बिपरित आफ्नो क्षेत्र अधिकार समेत मिचेर केहि ब्यापारीहरू को दबाबमा सडकको मापदण्ड घटाएर निर्माण गर्न परिपत्र गरेपछि निर्माण कार्य अन्यौलमा परेको हो ।

परियोजनाले बनाएको स्टिमेट अनुसार सडक निर्माण भएमा नाम चलेकै ठुला ब्यापारीहरूको आलिसान भवनहरू भत्कने भएपछि मेयर चौधरीलाई हातमा लिएर ब्यापारीहरूले यस्तो गैरकानुनी निर्णय गराउन लगाएको इटहरीका स्थानीय बासीहरूको भनाइ छ ।

निर्णयपछि इटहरी बजार उत्तर क्षेत्रमा एक हप्तादेखि ६ लेन सडकको काम समेत रोकिएको छ । मेयर चौधरीले नै माइन्युटमा हस्ताक्षर गरी परियोजना मा परिपत्र गरेपछि सडक निर्माण अघि बढाउने कि नबढाउने भन्दै अलमलमा आफु हरु रहेको परियोजनाका इन्जिनियर सुबोद पोखरेलले जानकारी दिए ।

यता उपमहानगरका मेयर चौधरीले सिमित ब्यापारीहरूको अघाडी गरेको निर्णयका कारण नगरवासी एवम जनप्रतिनिधिहरूनै रूस्ट देखिएका छन । मेयर चौधरीले गरेको निर्णय तत्काल कार्यानवयन भइहाल्ने अवस्था नरहेको उपमहानगरकै उपमेयर लक्षमी गौतम बताउनुहुन्छ ।

सिमित ब्यापारीहरूको दबाबमा गरिएको निर्णय समस्त इटहरीबासीको हित बिपरित गएको कारण मेयर ज्युको निर्णय गलत छ त्यो तत्काल कार्यानवयन भइहाल्ने अवस्था नरहेको उपमेयर गौतमले बताउनुभयो ।अब कार्यपालिकाको बैठक बसेर यो बिषयमा गम्भिर छलफल हुन्छ र मेयरले गरेको निर्णय कार्यानवयन गर्ने या नगर्ने त्यतिबेलै थहा हुन्छ उपमेयर गौतमले भन्नुभयो ।

संघिय सरकारले बनाएको नीतिमा स्थानीय सरकार बाधक बनिनु नहुने र ६ लेन सडक निर्माण हुँदा समस्त इटहरी उपमहानगरवासीहरूलाई नै फाइदा पुग्ने उपमेयर गौतमको धारणा थियो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Khadga Prasad Acharya

    मेयर ज्यु किन बिकासमा बाधक भैरहनु पर्ने कारण के होला?

    Comment Author

    Gopal Kc

    Fataha raxa hoe

    Comment Author

    Bijendra Kumar Rai

    Nonsense mayor chaudhari.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?