पाँचौं रमपम उदयपुर गोल्डकप २०७५ को उदघाटन मुख्यमन्त्री शेरधन राईले गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२० पटक हेरिएको
Shares
पाँचौं रमपम उदयपुर गोल्डकप २०७५ को उदघाटन मुख्यमन्त्री शेरधन राईले गर्ने

सारांश

  • अस्बिन खडका, २६ वैशाख ।
  • मोफसलमा भईरहेको प्रतीयोगीता मध्ये चर्चा कमाएको उदयपुर गोल्डकप को पाचौं संकरण रमपम उदयपुर गोल्ड कप को  उद्घाटन  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन ।
  • प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  सो प्रतियोगिता को उद्घाटन हुने निश्चित भईसकेको  नेपाल फुटबल महासंघ एन्फाका प्रवक्ता तथा गोल्डकप को मुल आयोजक कमिटीका अध्यक्ष किरण राईले बताए।

अस्बिन खडका, २६ वैशाख । मोफसलमा भईरहेको प्रतीयोगीता मध्ये चर्चा कमाएको उदयपुर गोल्डकप को पाचौं संकरण रमपम उदयपुर गोल्ड कप को  उद्घाटन  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  सो प्रतियोगिता को उद्घाटन हुने निश्चित भईसकेको  नेपाल फुटबल महासंघ एन्फाका प्रवक्ता तथा गोल्डकप को मुल आयोजक कमिटीका अध्यक्ष किरण राईले बताए। मुख्यमन्त्री लाई आयोजक कमीटीका अध्यक्ष सहितको टोलिले उहाको र्कार्यकक्षमा गई निमन्त्रणा दिएको अध्यक्ष राईले बताए ।

यहि वैशाख २२ गतेदेखी संचालन हुने भनियता पनी एन्फाको चुनाब र अन्य ठाउँ मा भईरहेको प्रतियोगिता लाई मध्यनजर गर्दै खेलको मिती सारीएको थियो। २२ देखि सन्चालन गर्ने भनी पत्रकार सम्मेलन गरी तयारी थालेको भएपनी एन्फा चुनाब तथा मोफसलका फूटबल टीम संग मिलाउन केही काम बाँकी भएको भन्दै उक्त मितिमा प्रतियोगिता संचालन गर्न सकिएन त्यसैले जिल्ला स्थित उदयपुर गोल्ड कपको उच्च स्तरीय सल्लाहकार समितिको बैठकको निर्णय अनुसार पाँचौ रमपम उदयपुर गोल्ड कप २०७५ बैशाख २९ गते देखी हुने भन्ने निर्णय गरेको अध्यक्ष राई ले बताए ।

अहिले खेलको मैदान तथा प्रचार प्रसार तिब्रगतीमा भएको समेत उनले जानकारी गराए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sapana Suraj

    A हाे र

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?