यसरी हुनसक्छ नेकपा एमाले र माओवादी केन्द्रको पुर्नजन्म

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १४, २०७७
|
|
३५ पटक हेरिएको
Shares
यसरी हुनसक्छ नेकपा एमाले र माओवादी केन्द्रको पुर्नजन्म

सारांश

  • सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी हुँदै छ ।
  • बिहिबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईपछि निर्णय सुनाउने मिति समेत तोकिएको छ ।
  • त्यसउपर २० फागुनमा फैसला गर्ने तय भएको छ ।

सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी हुँदै छ । बिहिबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईपछि निर्णय सुनाउने मिति समेत तोकिएको छ । त्यसउपर २० फागुनमा फैसला गर्ने तय भएको छ ।

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी पहिल्यै दर्तामा रहँदा नेपाल कम्युनिस्ट पार्टी नेकपा नाममा पार्टी दर्ता गराएको थियो । केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपा दर्ताप्रति ऋषि कट्टेलले गम्भीर आपत्ति जनाए । आयोगमा उजुरी पनि गरे । तर, निर्णय ओली र दाहालको पक्षमा गयो ।त्यसपछि ऋषि कट्टेल सर्वोच्च अदालतमा निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्न पुगे । लामो समयपछि रिटमाथि पेशी चढेर सुनुवाई भयो । अब अन्तिम फैसला आगामी हप्ता आउने निश्चितप्रायः छ ।

फैसला ओली र दाहाल नेतृत्वको नेकपाको पक्षमा गएमा वैधानिक रुपमा एकता कायमै हुने अवस्था अझै रहन्छ । तर, ऋषि कट्टेलको पक्षमा फैसला भएमा परिस्थित फरक हुनसक्छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा एकीकरण पूर्वको अवस्थामा रहन सक्छ । त्यतिबेला ओली नेतृत्वको नेकपा एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबीच एकता भएको थियो ।

एमाले र माओवादी केन्द्र पुनः ब्युँतिने अवस्था अदालतको फैसलाले निर्माण गर्न सक्छ । त्यो फैसलामा भर पर्छ । एमालेको सुर्य चिन्ह र माओवादी केन्द्रको गोलाकारभित्र हसियाँ हथौडा चुनाव चिन्ह थियो । दुवै दलका सांसदहरु सोही चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए । नेकपा नामको दल अघि नै दर्ता हुँदा ओली र दाहाल नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता गर्नु कानुनविपरित ठहर भएमा पुरानै अवस्थामा पुग्न सक्छ । त्यो भनेको एमाले र माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु जुन दलबाट चुनाव जितेर आएको हो त्यतै फर्कनुपर्ने हुनसक्छ ।

हुनत निर्वाचन आयोगले अर्को नाम लिएर पार्टी दर्ता गर्न आउन पनि भन्न सक्ला । तर, एमाले ब्युँताउने प्रयास भएमा परिस्थिति अर्को हुनसक्छ । त्यतिबेला सुर्य चिन्ह लिएर चुनाव लड्नेहरु एमालेमा फर्कन वाध्य हुनसक्छन् । गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हबाट निर्वाचितहरुको हालत पनि त्यस्तै हुनसक्छ । यसले राजनीतिलाई फेरि नयाँ मोड दिनसक्छ । यसकारण पनि ऋषि कट्टेलले दायर गरेको मुद्दा चासोमा परेको छ ।

३ जेठ २०७५ मा नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेको थियो । तर, ऋषि कट्टेल अध्यक्ष रहेको सोही नामको दल निर्वाचन आयोगमा यसअघि नै दर्ता थियो ।

निर्वाचन आयोगमा उनले ओली र प्रचण्ड अध्यक्ष रहेको दल दर्ता खारेज गर्न माग गरेपनि उजुरी खारेज भएको थियो । तयसपछि ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता खारेज माग गर्दै कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च अदालत गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
गर्भवती दीपिकालाई लिएर लन्डन गए रणवीर
गर्भवती दीपिकालाई लिएर लन्डन गए रणवीर
इन्सपेक्टरसहित प्रहरीमाथि कार्यालयमै कुटपिट
इन्सपेक्टरसहित प्रहरीमाथि कार्यालयमै कुटपिट
कोरोना र फाइभ जी बीच सम्बन्धको रहस्य के हो ? जहाँ फाइभ जी त्यहाँ बढी संक्रमण किन?
कोरोना र फाइभ जी बीच सम्बन्धको रहस्य के हो ? जहाँ फाइभ जी त्यहाँ बढी संक्रमण किन?
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने
प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने
ला लिगा : बार्सिलोना विजयी, रियलको अर्को हार
ला लिगा : बार्सिलोना विजयी, रियलको अर्को हार
पचहत्तर आरोही सगरमाथाको चुचुरोमा
पचहत्तर आरोही सगरमाथाको चुचुरोमा
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै वाम संगठनद्वारा आयल निगम घेराउ
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै वाम संगठनद्वारा आयल निगम घेराउ
आइपीटीले एकैसाथ ल्यायो नुबिया ब्राण्डका ४ स्मार्टफोन
आइपीटीले एकैसाथ ल्यायो नुबिया ब्राण्डका ४ स्मार्टफोन

तपाईंले छुटाउनुभयो कि?