जानकी मन्दिरबाट अाेली–माेदीकाे सम्बाेधनः दुवैले गरे एकअर्काकाे प्रशंसा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
जानकी मन्दिरबाट अाेली–माेदीकाे सम्बाेधनः दुवैले गरे एकअर्काकाे प्रशंसा

सारांश

  • जनकपुरधामस्थित जानकी मन्दिरबाट नेपाल  र भारतका प्रधानमन्त्रीले एकसाथ सम्बाेधन गर्दै दुर्इदेशबीचकाे सम्बन्धमा थप सुदृढ बनाउने बताएका छन् ।
  • दुर्इ दिने नेपाल भ्रमणकाे क्रममा जनकपुरमा उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र उनकाे स्वागतमा जानकी मन्दिर पुगेका केपी अाेलीले मन्दिर परिसरबाट यस्ताे बताएका हुन् ।
  • त्यसअघि दुवैले जानकी मन्दिरमा पूजाअर्चना गरेका गरेका थिए ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट नेपाल  र भारतका प्रधानमन्त्रीले एकसाथ सम्बाेधन गर्दै दुर्इदेशबीचकाे सम्बन्धमा थप सुदृढ बनाउने बताएका छन् ।

दुर्इ दिने नेपाल भ्रमणकाे क्रममा जनकपुरमा उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र उनकाे स्वागतमा जानकी मन्दिर पुगेका केपी अाेलीले मन्दिर परिसरबाट यस्ताे बताएका हुन् ।

त्यसअघि दुवैले जानकी मन्दिरमा पूजाअर्चना गरेका गरेका थिए । सम्बाेधनका क्रममा दुवैले एकअर्काकाे प्रशंसा गरे ।

 

भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा पाएको स्वागत तथा सम्मान सिंगाे भारतबासीका लागि भएकाे भन्दै प्रधानमन्त्री अाेली, राज्य सरकार र नगर सरकारलार्इ धन्यवाद दिए ।

माेदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकोमा खुसी व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पनि अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको चर्चा गरे । उनले भने, आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’

 

मोदी र उनकाे नेतृत्वमा रहेकाे प्रतिनिधिमण्डललार्इ जनकपुरमा प्रधानमन्त्री ओलीले स्वागत गरेका थिए ।

लगत्तै दुवै प्रधानमन्त्रीले जनकपुर अयोध्या बस सेवा सुरु गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी भयो जहाज दुर्घटना- २२ घाइते अस्पतालमा, ४९ जनाले ज्यान गुमाए
काठमाडौँ उपत्यकामा बिहिवार एकैदिन थपिए ३७७ कोरोना संक्रमित
मन्त्री बास्कोटाले डा. केसीको अनसन तोडाउने जिम्मा ‘बोक्ने’हरुलाई दिए
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’
Finding Good Free Slot Machines That do not require downloads
गलत कार्य गर्ने जो कोहीलाई छाडिन्नः निर्वाचन आयोग
गलत कार्य गर्ने जो कोहीलाई छाडिन्नः निर्वाचन आयोग
ताप्लेजुङ सदरमुकाममा आगलागी, नियन्त्रणकाे प्रयास जारी
ताप्लेजुङ सदरमुकाममा आगलागी, नियन्त्रणकाे प्रयास जारी
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन
आयुर्वेद अस्पतालका प्रमुख डाक्टर नक्कली !
आयुर्वेद अस्पतालका प्रमुख डाक्टर नक्कली !
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !

तपाईंले छुटाउनुभयो कि?