“रात १३” उत्कृष्ट लघुचलचित्र !
सारांश
- काठमाडाै, २९ वैशाख ।
- सर्वनाम थिएटरले आयोजना गरेको ३ मिनेट मोबाईल फिल्म प्रतियोगिता “दृश्यांश”को पहिलो विजेताको पुरस्कार अनुज पाण्डेले निर्देशन गरेको लघुचलचित्र “रात १३” ले हासिल गरेको छ ।
- दोस्रो स्थानमा अर्पण बस्नेतको “ढलपल” र तेस्रो स्थान विजय गजमेरद्वारा निर्देशित “द ईन्टरभ्यु”ले प्राप्त गरेको छ ।
काठमाडाै, २९ वैशाख ।सर्वनाम थिएटरले आयोजना गरेको ३ मिनेट मोबाईल फिल्म प्रतियोगिता “दृश्यांश”को पहिलो विजेताको पुरस्कार अनुज पाण्डेले निर्देशन गरेको लघुचलचित्र “रात १३” ले हासिल गरेको छ ।
दोस्रो स्थानमा अर्पण बस्नेतको “ढलपल” र तेस्रो स्थान विजय गजमेरद्वारा निर्देशित “द ईन्टरभ्यु”ले प्राप्त गरेको छ ।
त्यसैगरी पब्लिक च्वाईस अवार्ड लघुचलचित्र “अमृत”ले प्राप्त गरेको छ । शर्मिला आलेद्वारा निर्देशित “स्माईल”ले बेष्ट मेन्सन प्राप्त गरेको थियो ।
टपटेनमा पर्न सफल नविन न्यौपानेको “द डिपार्चर”, सुन्दर लामाको “कथा एन् इन्टीमेसी वीथ टाईम”, नव श्रेष्ठको “ए कता”, खुश्बु शर्माको “वुमरी, असीम को “ड्रीम अफ हाउस वाईफ”, अर्जुन न्यौपानेको “महिला कर्मचारी तुः आवश्यकता” पनि दर्शकमाझ प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा बोल्दै निर्देशक तथा चलचित्रकर्मी निश्चल बस्नेतले दृश्यांश चलचित्र निमार्णको नयाँ अवधारणा सुरु भएको बताए ।
सर्वनामका संस्थापक तथा नाटककार अशेष मल्लले मोबाईल फिल्मको परिकल्पनाबारे बताएका थिए । सिनेकर्मी मात्र नभई जोकोहीले पनि भाग लिन सक्ने भएकाले दृश्यांशको आयोजना गरिएको बताए । सिनेमाघर एपका प्रमुख सागर खरेलले मोबाईल फिल्म प्रतियोगिता गर्न लाग्दा राम्रो प्रतिक्रिया आएको बताए । दृश्यांशको संयोजकसमेत रहेकी सम्पदा मल्लले दृश्यांशको अवधारणाले कम बजेटमा फिल्म बनाउन उदाहरणीय भुमिका खेल्ने बताईन् ।
पहिलो हुनेलाई रु ७५ हजार नगदपुरस्कार, दोस्रो हुनेलाई स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कारका रुपमा टचकन ट्याव वितरण गरिएको थियो । अडियन्स च्वाइस अवार्डमा ९.७ इन्चको आइप्याड वितरण गरिएको थियो । अवार्डमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई सर्वनामद्धारा निःशुल्क तीन महिने नाट्य कार्यशालाको पनि व्यवस्था गरिएको छ ।
कार्यक्रममा अतिथिको रुपमा वरिष्ठ कवि तथा साहित्यकार उषा शेरचन, वरिष्ठ संगीतकार दीपक जंगम, फोटोपत्रकार राजभाई सुवाल, एभिन्युज टेलीभिजन प्रमुख भाष्करराज कर्णिकार, संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्रालयका सहसचिव भरतमणी सुवेदी, वरिष्ठ अभिनेत्री मिथिला शर्मा, वरिष्ठ चित्रकार मदन चित्रकार, रंगकर्मी विमल सुवेदी, गजलकार तथा सम्पादक करुण थापा सहभागी भएका थिए ।
निर्णायक मण्डलमा दिपक रौनियार, निश्चल बस्नेत, अविनाश विक्रम शाह र शुसिल पौडेल रहेका थिए । सिनेमाघर एपको सह आयोजना तथा नियो स्पेयर, दालभात पावर र कान्तिपुर फिल्म एकेडेमीको प्रायोजन रहेको थियो । रंगकर्मी राज शाहले कार्यक्रम सञ्चालन गरेका थिए । 
प्रतिक्रिया