प्युठानमा बस दुर्घटना ५ को ज्यान गयो, २१ घाइते
सारांश
- ३० वैशाख, भीमदत्तनगर– कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
- आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना४ख १८७६ नम्बरको बस भीरबाट खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।
- दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका लागि खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार दुर्घटनामा ३ महिला र २ जना पुरुषको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन।
३० वैशाख, भीमदत्तनगर– कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना४ख १८७६ नम्बरको बस भीरबाट खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।
दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका लागि खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार दुर्घटनामा ३ महिला र २ जना पुरुषको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन। घटनामा बसमा सवार अन्य २१ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनालाई बुटवल र १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको छ। रासस
प्रतिक्रिया