मकालु एयरको विमान दुर्घटना, चालक दलका सदस्यको मृत्यु
सारांश
- काठमाडाै, २ जेठ ।
- सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज हुम्लामा दुर्घटनाग्रस्त रुपमा फेला परेको छ ।
- हुम्लाको बाहुनखर्क भन्ने स्थानमा दुर्घटनाग्रस्त रुपमा फेला परेको हाे ।
काठमाडाै, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज हुम्लामा दुर्घटनाग्रस्त रुपमा फेला परेको छ ।
हुम्लाको बाहुनखर्क भन्ने स्थानमा दुर्घटनाग्रस्त रुपमा फेला परेको हाे । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले दिएको जानकारी अनुसार माउण्टेन हेलिकप्टरको दुई वटा हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ ।
नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । ६ः५५ मा सिमिकोटमा पुग्नुपर्ने विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो ।
दुर्घटनामा चालक दलका सदस्य किरण भट्टराइ र अादित्य नेपालीकाे मृत्यु भएको बताइएकाे छ ।
यसअघि विमान भेटिएको सूचना गलत : महाप्रबन्धक
यसअघि सम्पर्कविहीन जहाज बाजुरामा भेटिएको भन्ने सूचना गलत रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताएका छन् । उनले भने ‘नेपाल नागरिक उड्ययन प्राधिकरणका स्थानीय स्रोतबाट जहाज बाजुरामा भटिएको भन्ने प्राप्त सूचना गलत रहेछ ।’
प्रतिक्रिया