‘बेबी आई लभ यू’को ‘म्युजिकल्ली कम्पिटिसन !
सारांश
- काठमाडौं , २ जेठ ।
- जेठ १८ बाट प्रदर्शनमा आउने चलचित्र ‘बेबी आई लभ यू’ले ‘म्युजिकल्ली कम्पिटिसन’को घोषणा गरेको छ ।
- जनक पाण्डे निर्देशित चलचित्र ‘बेबी आई लभ यू’ मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिने बतार्इएकाे छ ।
काठमाडौं , २ जेठ । जेठ १८ बाट प्रदर्शनमा आउने चलचित्र ‘बेबी आई लभ यू’ले ‘म्युजिकल्ली कम्पिटिसन’को घोषणा गरेको छ ।
जनक पाण्डे निर्देशित चलचित्र ‘बेबी आई लभ यू’ मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिने बतार्इएकाे छ । म्युजिकल्ली गर्ने उत्कृष्ट एकलाई टिमले नगद रकम सहित पुरस्कृत गर्ने घोषणा गरेको हाे ।
निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजारसहित चलचित्रको दुईवटा टिर्सट समेत दिइने निर्माण युनिटले जनाएको छ । ‘बेबी आई लभ यू’मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ ।
सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय देख्न सकिन्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया