वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने

सारांश

  • काठमाडौं, ३ जेठ ।
  • नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले एक महिने खबरदारी अभियान सञ्चालन  हुने भएको छ ।
  • आजदेखि देशैभर सञ्चालन हुने यो अभियान काठमाडौं महानगरपालिका र काठमाडौंकै तार्केश्वर नगरपालिकाबाट शुरु हुनेछ ।

काठमाडौं, ३ जेठ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले एक महिने खबरदारी अभियान सञ्चालन  हुने भएको छ । आजदेखि देशैभर सञ्चालन हुने यो अभियान काठमाडौं महानगरपालिका र काठमाडौंकै तार्केश्वर नगरपालिकाबाट शुरु हुनेछ ।

स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि जनप्रतिनिधिले स्थानीय माझ प्रतिबद्धताहरु अहिलेसम्म पनि पूरा नगरेकाले खबरदारी अभियान सञ्चालन गर्नुपरेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । उनका अनुसार भोलि जेठ ३ देखि एक महिनासम्म अभियान सञ्चालन हुनेछ ।

‘गत बैशाख ३१ गते ऐतिहासिक स्थानीय निर्वाचन भयो तर एक बर्ष बितिसक्दा पनि जनप्रतिनिधिको बाचाहरु अपुरै छ’ उनले भने एक बर्षसम्म जनताले परिर्वतनका महसुस गर्न नपाएकाले खबरदारी अभियान सञ्चालन गरेका हौं ।’ ‘चुनावी प्रतिबद्धता अभियानमा सहभागी बनौं, अमुल्य मतदान गरेर जिताएकालाई निगरानी गरौं’ भन्ने मूल नाराका साथ वाइसीएल जनताको बीचमा जान लागेको महासचिव सुबोधराज शेर्पालीले बताए ।

‘हामी सधैं जनताकै साथमा थियौं र छौं पनि’ शेर्पालीले भने ‘जनताको हरेक दुःख, सुखमा वाइसीएल साथ दिन्छ ।’ ‘जनप्रतिनिधिले के प्रतिबद्धता गरेका छन्, अहिलेसम्म के–के पूरा भयो, के–के बाँकि छन् हामी झकझकाउँछौं’ वाइसीएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले भने । उनकानुसार यो अभियान देशभर नै सञ्चालन गरिनेछ ।

हरेक स्थानीय तहमा जिल्ला वाइसीएलले ज्ञापनपत्र दिने, अनियमितता पर्दाफास गर्ने र जनप्रतिनिधिको ध्यानाकर्षण गराउनेजस्ता कार्यक्रम हुने बताए । खबरदारी अभियानसँगै वासीएलले ‘तीन दिन, तीन रात, तीन छाक–वाइसीएलको अभियान जनताको साथ’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरेको छ । जसअन्तर्गत प्रत्येक वाइसीएल कार्यकर्ता जनताको घरमै खाने र बस्ने गर्नेछन् । यो अभियानले जनतासँगको सम्बन्धमा प्रगाढ ल्याउने वाइसीएलको विश्वास छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Justin Biral

    ✔ тσρρєяχ кα вσт ? Shikhar News <3 gσσ∂ мσяиιиg <3
    ? ∂αу ⌚ Thursday ✔ ∂αтє ⌚ 17 /05/2018 ? тιмє ⌚ 5:39 AM ✔
    ??? ¢нαυ∂няу вσттєяχ ? ѕυrαj-вσт,χуz ???

    Comment Author

    Gyan Prasad Neupane

    ठुलो कुरा किन गर्नु पर्यो द
    दुर्गन्ध भन्थ्यौ त्यसैमा मिसियौ क्रान्तिकारि बिचार राम राम

    Comment Author

    Raju Kc

    Jati j gare pani kam chaina aba herdai janu

    Comment Author

    Jit Ghale

    Feri jantako vat marne meso ho ki k ho?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?