लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र
सारांश
- काठमाडौँ, ४ जेठ ।
- गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
- निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरु पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि बिहिबार बिभिन्न मन्त्रालयका पदाधिकारी सहितको बैठकमा गृहमन्त्रीले यस्तो सूचि बनाउन निर्देशन दिएका थिए ।
काठमाडौँ, ४ जेठ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरु पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि बिहिबार बिभिन्न मन्त्रालयका पदाधिकारी सहितको बैठकमा गृहमन्त्रीले यस्तो सूचि बनाउन निर्देशन दिएका थिए ।
गृहमन्त्री थापाको निर्देशन अनुसार विहिबार गृह मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई पठाएको परिपत्रमा भनिएको छ, ‘‘ जिल्लास्तरमा सञ्चालित विकास निर्माण , सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बर समेतका विवरण एक हप्ता भित्र तयार गरी मन्त्रालयमा सफ्ट कपी सहित पठाउने । ’’
गृहमन्त्रालयले यस्तो सूचि आईसकेपछि उनिहरुमाथि कारवाही गर्ने तयारी गरेको छ । गृहमन्त्री थापाले त्यस्ता कम्पनी, ठेकेदारलाई समयसिमा दिएर काम सम्पन्न गर्न समय दिने र सो अवधीमा काम सम्पन्न नगरे पक्राउ गर्न बिहिबारको बैठकमा निर्देशन दिएका थिए ।
प्रतिक्रिया