आतङ्कवादी आक्रमणमा सम्लग्नलाई हदैसम्म कडा कारबाही हुनुपर्छः अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प !
सारांश
- वासिङ्टन, २९ साउन ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बेलायती संसदबाहिर गराइएको शङ्कास्पद आतङ्कवादी आक्रमणमा सम्लग्न ‘व्यक्तिहरू’ लाई हदैसम्म कडा कारबाही हुनुपर्ने बताएका छन् ।
- राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेखेका छन्, “लण्डनमा अर्को आतङ्कवादी आक्रमण भएको छ ।
वासिङ्टन, २९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बेलायती संसदबाहिर गराइएको शङ्कास्पद आतङ्कवादी आक्रमणमा सम्लग्न ‘व्यक्तिहरू’ लाई हदैसम्म कडा कारबाही हुनुपर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेखेका छन्, “लण्डनमा अर्को आतङ्कवादी आक्रमण भएको छ । यी मूर्ख जनावरहरूलाई कठोर एवम् कडा कारबाही हुनुपर्छ ।”
बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएका प्रत्यक्षदर्शी एवीलीना ओचाबले बताए । बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शङ्कास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारीसाधनको प्रयोग गरी चारवटा आतङ्कवादी आक्रमण भइसकेका छन् । बेलायतको मुख्य प्रशासनिक इकाई समेत रहेको मुख्य लन्डन क्षेत्रमा प्रहरीले घेराबन्दी गरेको छ । प्रहरीले सबैजनालाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको छ ।
Raju Laama Lama
२…4 बरसा अगाडी रेस लिङ काे दलालि थियाे मु जि अईले अाएर नेपाल काे नामै बिगारने जाँठ