सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २५, २०७७
|
|
२८ पटक हेरिएको
Shares
सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना

सारांश

  • सिन्धुपाल्चोक, साउन २५ ।
  • सल्यानबाट यही साउन १७ गते जुगल आएका जुगल–५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ ।
  • शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित वडा नं ५ कार्यालयसमेत बन्द गरिएको हो ।

सिन्धुपाल्चोक, साउन २५ । सल्यानबाट यही साउन १७ गते जुगल आएका जुगल–५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ ।

शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित वडा नं ५ कार्यालयसमेत बन्द गरिएको हो । वडा नं ५ मा नै गाउँपालिका कार्यालय रहेकाले गाउँपालिका कार्यालय पनि बन्द गरिएको हो ।

आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन र भदौ १५ देखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णयअनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् ।

उनीहरुले सल्यानबाट आउँदा काठमाडौँको थानकोटमा पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरु सिन्धुपाल्चोक आएको जुगल–५ का वडाध्यक्ष सनत अधिकारीले बताए । उनीहरुले धेरै मानिससँग भेटघाट गरेको पाइएको जनाइएको छ ।

हाल दुई शिक्षकमध्ये एक जना टेकु प्रयोगशाला र अर्का जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब केही दिनमा नै कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने निर्णय
राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने निर्णय
एभर्टनका प्रशिक्षक बर्खास्त
एभर्टनका प्रशिक्षक बर्खास्त
काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली
बलत्कारबाट जोगिन अब एस्तो पेन्टी !
बलत्कारबाट जोगिन अब एस्तो पेन्टी !
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी
काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो
काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो
दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा, एक अर्ब स्वाहा
दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा, एक अर्ब स्वाहा
भन्सारमै रोकियो ६७ लाखको चिनी
भन्सारमै रोकियो ६७ लाखको चिनी

तपाईंले छुटाउनुभयो कि?