यी हुन केन्द्रीय सदस्यमा मनोनीत हुने पूर्व एमालेका भाग्यमानीहरु
सारांश
- काठमाडौं, ६ जेठ ।
- तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यका लागि ४५ जना केन्द्रीय सदस्यहरु मनोनीत गरिएका छन् ।
- तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शमा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार रातभरमा केन्द्रीय सदस्यहरुको नाम चयन गरेका हुन् ।
काठमाडौं, ६ जेठ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यका लागि ४५ जना केन्द्रीय सदस्यहरु मनोनीत गरिएका छन् । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शमा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार रातभरमा केन्द्रीय सदस्यहरुको नाम चयन गरेका हुन् ।
मनोनीत भएकाहरु पूर्व एमालेका केन्द्रीय सदस्य रहेका १९६ जनामा थपिएका ४५ जना हुन् । एमालेको केन्द्रीय समिति १ सय ९६ जनाको भएकाले ४५ जना थप मनोनीत गर्नुपरेको हो । तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय बनाउने टुङ्गो लागेको थियो ।
उता, तत्कालीन माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्ने २ सय केन्द्रीय सदस्यहरुको नाम भने अझै टुंगिएको छैन । दुबैतर्फबाट केन्द्रीय सदस्यहरुको नामावली पेश भइसकेपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल “प्रचण्ड” बसेर अन्तिम रुप दिने बताइएको छ ।
पूर्व एमालेले नेकपाको केन्द्रीय सदस्यमा मनोनीत गरेका नेताहरुको नामावली
विनोद ढकाल
नरेश खरेल
निरज आचार्य
विष्णु रिजाल
तिलकुमार मेयाङ्बो
महेश रेग्मी
राजेन्द्र गौतम
देवेन्द्र दाहाल
आनन्दप्रसाद पोखरेल
प्रमोदनारायण शाह
समिममिया अनसारी
गोकुल बास्कोटा
कैलाश ढुंगेल
डोरमणी पौडेल
बसन्त मानन्धर
महेश पाण्डे
महेश बस्नेत
विनोद श्रेष्ठ
केशवलाल श्रेष्ठ
श्रीनाथ बराल
खगराज अधिकारी
शारदाप्रसाद सुवेदी
दिलुकुमारी पन्त
टेकबहादुर राना
लक्ष्मण ज्ञवाली
नरुलाल चौधरी
बिमला घिमिरे
गोविन्द शाह
चन्द्रबहादुर शाही
दयालबहादुर शाही
भानुभक्त जोशी
लिला भण्डारी
साध्यबहादुर भण्डारी
रामेश्वर राना
एबबहादुर राना
अच्युत मैनाली
बलराम बास्कोटा
प्रतिक्रिया