बेगनास युवा क्लवको सरसफाई अभियान १३ औं श्रृंखलामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
४१ पटक हेरिएको
Shares
बेगनास युवा क्लवको सरसफाई अभियान १३ औं श्रृंखलामा

सारांश

  • पोखरा लेखनाथ, ६ जेठ ।
  • पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ को बेगनास युवाक्लवले आयोजना गर्दै आएको सरसफाई अभियान अन्त्रगत शनिवार बेगनास ताल बजार, बसपार्क, नहरचोक र ड्यामसाइड क्षेत्रमा सरसफाई गरिएको छ ।
  • सरसफाईका क्रममा सो क्षेत्रबाट झण्डै दुई टन फोहर संकलन गरिएको बेगनास युवा क्लवका अध्यक्ष रामवहादुर रानाभाटले जानकारी दिए ।

पोखरा लेखनाथ, ६ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ को बेगनास युवाक्लवले आयोजना गर्दै आएको सरसफाई अभियान अन्त्रगत शनिवार बेगनास ताल बजार, बसपार्क, नहरचोक र ड्यामसाइड क्षेत्रमा सरसफाई गरिएको छ ।

सरसफाईका क्रममा सो क्षेत्रबाट झण्डै दुई टन फोहर संकलन गरिएको बेगनास युवा क्लवका अध्यक्ष रामवहादुर रानाभाटले जानकारी दिए ।

अभियान अन्र्तगत १३ औं श्रृंखलाको पोखरा लेखनाथ महानगर वडा नं ३१ का वडाध्यक्ष कमल वहादुर थापाले शुभारम्भ गर्दै, क्लवले सफाइ अभियान संचालन गरेर महागनरको काममा क्लवले सहयोग गरेको बताए ।

क्लवको सरसफाई अभियानमा शनिवार ग्लोवल आइएमई बैंक पोखरा र लेखनाथका कर्मचारी, क्लवका सदस्य, स्थानीय महिला समूह, वजार व्यवस्थापन समिति, मन्दिर व्यवस्थापन समिति, होटल तथा रेष्टुरेष्ट एशोसियशनका सदस्यहरुको सहभागिता रहेको थियो ।

सरसफाई अभियानबाट संकलित फोहरलाई पोखरा लेखनाथ महानगरको सहयोगमा व्यवस्थापन गरिने समेत अध्यक्ष रानाभाटले जानकारी दिए । क्लवले केही महिना देखी साप्ताहिक रुपमा बेगनासताल सरसफाई अभियान संचालन गर्दै आएको छ ।

सरसफाई अभियानमा सामाजिक उत्तरदायित्व अन्र्तगत ग्लोवल आइएमई बैंकले साथ दिएको सो बैंकका बेगनासताल शाखाका प्रमुख सुरेश ओलीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्टरनेटले मूल्य घटाउनुको साटो बढाएकोमा सरकार हस्तक्षेप गर्ने योजनामा-मन्त्री बास्कोटा
मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति
मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य : उपराष्ट्रपति
संघिय सरकारलाइ प्रदेश सरकारकाे यस्ताे अाराेप
संघिय सरकारलाइ प्रदेश सरकारकाे यस्ताे अाराेप
सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती;
सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती;
चोरले सटर फोर्न नसकेपछि चिठी लेखे ‘दाजु मजबुरीले हो माफ गरिदिनु’
चोरले सटर फोर्न नसकेपछि चिठी लेखे ‘दाजु मजबुरीले हो माफ गरिदिनु’
नेप्से परिसूचकमा १७ अङ्कको गिरावट
नेप्से परिसूचकमा १७ अङ्कको गिरावट
माग पूरा गर्न हड्ताल गर्ने दिन गए : प्रधानमन्त्री
माग पूरा गर्न हड्ताल गर्ने दिन गए : प्रधानमन्त्री
प्रचण्ड र  भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता
प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता
बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा
बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा
एफए कप फुटबल : आर्सनलमाथि म्यानचेस्टर युनाइटेडको जित
एफए कप फुटबल : आर्सनलमाथि म्यानचेस्टर युनाइटेडको जित