परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
सारांश
- काठमाडाै, ७ जेठ ।
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा नर्स पढ्ने विद्यार्थीहरूले विबाद सृजना गरेका छन ।
- यसअघि प्रतिष्ठानले तीन र दुई वर्ष अनिवार्य काम गर्नुपर्ने शर्त (बोन्ड) मा पढाएका नर्सहरुले अफुलाइ जागिर नदिएकाे भन्दै विवाद गरेका हुन।
काठमाडाै, ७ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा नर्स पढ्ने विद्यार्थीहरूले विबाद सृजना गरेका छन ।
यसअघि प्रतिष्ठानले तीन र दुई वर्ष अनिवार्य काम गर्नुपर्ने शर्त (बोन्ड) मा पढाएका नर्सहरुले अफुलाइ जागिर नदिएकाे भन्दै विवाद गरेका हुन।
अफुलार्इ प्रतिष्ठानले जागिर नलगाएकाे भन्दै विद्यार्थीले ‘बोन्ड’ प्रक्रिया खारेज गर्न माग गरेका छन् । बोन्ड प्रक्रियाअन्र्तगत प्रतिष्ठानले पूर्ण छात्रवृत्तिमा स्टाफ नर्स अध्ययनरत नर्सिङ विद्यार्थीलाई अध्ययन सकिएपछि तीन वर्ष, आंशिक छात्रवृत्तिलाई दुई वर्ष र आरक्षणलाई एक वर्ष करारमा काम गर्ने अवसर दिने भनिएको छ । प्रक्रिया कार्यान्वयन नहुँदा दक्ष जनशक्तिको उपयोग हुन नसकेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन्।
यता प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भने विद्यार्थीकाे बिवा द गलत भएकाे बताएका छन ।काफ्लेले शिखरन्युजलार्इ भने ‘ विद्यार्थीहरू अारक्षीत सिटमा पढेका हुन तर सबै विद्यार्थीहरूलार्इ जागिरमा राख्न सकिँदैन। प्रतिष्ठानले धान्न पनि सक्दैन ।”
बोन्ड सम्बन्धि प्रतिष्ठानकाे नियम के छ भन्ने प्रश्नमा काफ्लेले नेपाल सरकारकाे तथा प्रतिष्ठानकाे अावश्यक्ताअनुसार राख्न सकिने बताए । तर याे ब्याज पहिलाे हाे तिनिहरूकाे परिक्षा भएकाे थियाे तर परिक्षामा नाम निकालन् नसके पछि याे लफडा गरेका हुन काफ्लेले भने ।
दबाबस्वरुप प्रतिष्ठानको प्रशासन शाखामा विद्यार्थीले तालाबन्दी गरेकोमा प्रतिष्ठानका कर्मचारी र प्रहरी मिलेर ताला खोलिदिएको थियो । प्रतिष्ठानले बोन्ड प्रक्रियाअनुसार जागिरको व्यवस्था गर्नु पर्ने, कर्मचारी नियुक्तीमा आफ्नालाई नभै राम्रालाई अवसर दिनु पर्ने माग विद्यार्थीले राखेका छन्।
नर्सिङ विद्यार्थी अन्जना न्यौपानेले भनिन्, ‘विभेदकारी बोन्ड प्रक्रिया तत्काल खारेजको माग गर्दछौं । प्रक्रियाअनुसार कवुलियतनामा बनाएर प्रतिष्ठानद्वारा विद्यार्थीलाई झुक्याउने काम भइरहेको छ ।’
उनले थपिन्, ‘झुक्याएर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न मिल्दैन । हामी यस विरुद्ध लड्न तयार छौं।’
Prabina Ghale
परीक्षामा ईमान्दार फेल गरीन्छ शुन्दा अचम्म लाग्न शक्छ पुरानो फालेर नया शेट गर्नु खोज्दा धेरै बर्ष पो कुर्नु पर्छ कुर्दा कुर्दा बिरामी शबै खत्तम ………….