कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल
सारांश
- जेठ १८ – भारतीय हास्यकलाकार कपिल शर्मा अस्पतालमा भर्ना भएका छन् ।
- उनको रक्तचाप एकाएक कम भएपछि उनलाई हतार हतार अंधेरीस्थित एक अस्पताल पुर्याउनुपरेको हो ।
- ३६ वर्षे उनी आफ्नो अर्को कार्यक्रमका लागि सुटिङ गरिरहेका थिए ।
जेठ १८ – भारतीय हास्यकलाकार कपिल शर्मा अस्पतालमा भर्ना भएका छन् । उनको रक्तचाप एकाएक कम भएपछि उनलाई हतार हतार अंधेरीस्थित एक अस्पताल पुर्याउनुपरेको हो ।
३६ वर्षे उनी आफ्नो अर्को कार्यक्रमका लागि सुटिङ गरिरहेका थिए । त्यतिबेला अचानक उनको स्वास्थ्य बिग्रियो । त्यसपछि उनले कार्यक्रमको सुटिङ रोकिदिए र आफूलाई अस्पताल लैजान आग्रह गरे ।
कपिलको स्थिती अहिले ठिक भएको तर उनी अहिलेसम्म त्यहाँबाट डिस्चार्ज नभएको बताइएको छ । उनी अहिलेसम्म डाक्टरको निगरानीमा छन् । बुधबार बेलुका ४ बजेतिर कपिलको स्थिती बिग्रिएको थियो जसलगत्तै उनलाई नजिकैको अस्पतालमा पुर्याइएको हो ।
कपिलको सहकर्मी कीकू शारदाले खबरको पुष्टि गर्दै भने, ‘हो, कपिलको स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरियो । तर चिन्ता गर्नुपर्दैन । उनी अहिले ठिक छन् ।’
परेश रावलसँग हुनुथियो सुटिङः
उक्त एपिसोडको सुटिङ नायक र राजनीतिज्ञ परेश रावलसँग हुनुथियो । उनी त्यहाँ आफ्नो आउँदो फिल्म ‘अतिथि इन लण्डन’ को प्रामोशनका लागि आउँदै थिए ।
प्रतिक्रिया