प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग

सारांश

  • अश्बिन खड्का, ११ जेठ – सुन तस्करीका नाइके मानिएका चुडामणि उप्रेति गोरे’ ले आफ्नो ज्यानको सुरक्षाको माग गर्दै जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् ।
  • सुन चोरी निकासीको अवैध कारोबार मुद्दामा पक्राउ परेका गोरेले आफू हिरासतमा रहँदा मानवअधिकारवादी संघसंस्थाको निगानीमा रहन पाउनुपर्ने आग्रह गरेका छन् ।
  • गोरेले बुधबार अदालतमा दिएको निवेदनमा मानव अधिकारवादी संघ संस्थाको निगारनीमा हिरासतमा बस्ने व्यवस्था मिलाइदिन आदेशका लागि माग गरेका छन्।

अश्बिन खड्का, ११ जेठ – सुन तस्करीका नाइके मानिएका चुडामणि उप्रेति गोरे’ ले आफ्नो ज्यानको सुरक्षाको माग गर्दै जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् । सुन चोरी निकासीको अवैध कारोबार मुद्दामा पक्राउ परेका गोरेले आफू हिरासतमा रहँदा मानवअधिकारवादी संघसंस्थाको निगानीमा रहन पाउनुपर्ने आग्रह गरेका छन् ।

गोरेले बुधबार अदालतमा दिएको निवेदनमा मानव अधिकारवादी संघ संस्थाको निगारनीमा हिरासतमा बस्ने व्यवस्था मिलाइदिन आदेशका लागि माग गरेका छन्।

अधिवक्ता यमबहादुर थापा मगरले गोरेको तर्फबाट अदालतमा निवेदन दर्ता गराएका हुन्। गोरेले आफूलाई ज्यानको खतरा भएको दाबी गर्दै सुरक्षाको माग गरेका हुन् । गोरेको मोरङ जिल्ला अदालतमा थुनछेकको बहस चलिरहेको बेला यस्तो निवेदन दर्ता गराइएको हो ।

गोरे अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । प्रहरी हिरासतमै एक जनाको मृत्यु भइसकेकाले आफ्नो ज्यान पनि खतरामा रहेको उनको निवेदनमा उल्लेख छ।

यस अघि कतिपयको गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेल संयोजकत्वको टोलीले पक्राउ गरेका प्रेमलाल चौधरीको महानगरीय प्रहरी परिसर सिंहदबारको हिरासतमा शंकास्पद मृत्यु भएको थियो।

नेपाल एयरलाइन्समा कार्यरत चौधरी चैत ३० गते प्रहरी हिरासतमा मृत भेटिएका थिए सोही कारण देखाउदै गोरेले निवेदन दर्ता गराएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?