नेकपामा यी चार नेतालाई दिइयो जिम्मेवारी- नेम्वाङ, शर्मा, गुरुङ र चौधरी
सारांश
- काठमाडौं, १३ जेठ- नेपाल कम्युनिस्ट पार्टीमा चारजना नेताहरुलाई कामको जिम्मेवारी तोकिएको छ ।
- नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कामको जिम्मेवारीको टुंगो लगाएका हुन् ।
- प्रतिनिधिसभाका उप-नेताको जिम्मेवारी सुवास नेम्वाङलाई दिइएको छ ।
काठमाडौं, १३ जेठ- नेपाल कम्युनिस्ट पार्टीमा चारजना नेताहरुलाई कामको जिम्मेवारी तोकिएको छ । नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कामको जिम्मेवारीको टुंगो लगाएका हुन् ।
प्रतिनिधिसभाका उप-नेताको जिम्मेवारी सुवास नेम्वाङलाई दिइएको छ । त्यसैगरी राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मालाई बनाउने सहमति भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा चार पदमा विघटित एमाले र माओवादी केन्द्रबाट दुई–दुईजनालाई जिम्मेवारी दिने सहमति भएको हो । नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली यस अघि नै चयन भइसकेका छन् ।
त्यसैगरी प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङ र सचेतकमा शान्ता चौधरीलाई जिम्मेवारी दिने भएको छ । त्यसैगरी नेकपाको संसदीय दलको विधान, नियमावलीका लागि काम भैरहेको बालुवाटार स्रोतले जनाएको छ ।
Bishwanath Gyawali
धेरै राम्रो !
JN Marasini
La khusi lagyo