नेकपा प्रदेश नं ३ को संसदीय दलको नेतामा मुख्यमन्त्री पौडेल !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नेकपा प्रदेश नं ३ को संसदीय दलको नेतामा मुख्यमन्त्री पौडेल !

सारांश

  • हेटौडा, १३ जेठ ।
  •   नेकपा एमाले र नेकपा माओबादी केन्द्रको एकता पछि भएको नेकपा प्रदेश नं ३ को संसदीय दलको नेतामा मुख्यमन्त्री डोरमणि पौडेल सर्वसम्मत रुपमा चयन हुनु भएको छ।
  • आज एमाले पार्टी कार्यालय हेटौडामा एकतापछि बसेको पहिलो बैठकले पौडेललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो।

हेटौडा, १३ जेठ ।  नेकपा एमाले र नेकपा माओबादी केन्द्रको एकता पछि भएको नेकपा प्रदेश नं ३ को संसदीय दलको नेतामा मुख्यमन्त्री डोरमणि पौडेल सर्वसम्मत रुपमा चयन हुनु भएको छ।

आज एमाले पार्टी कार्यालय हेटौडामा एकतापछि बसेको पहिलो बैठकले पौडेललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो।

पार्टी एकता पछिको प्रदेश नं ३ को पहिलो बैठक अाइतबार (आज) बाट हेटौडामा सुरु भएको छ ।

पौडेललाई संसदीय दलको नेता बनाउन संघिय मामिला तथा कानुन मन्त्री सालिकराम जमरकटेलले प्रस्ताब गरेका थिए। यसअघि उनि तत्कालिन माओबादी केन्द्रका संसदीय दलका नेता थिए।

बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ मा दुइ तिहार्इ स्थान ओगटेको भन्दै अब प्रदेशको बिकास निर्माण काममा महत्वपूर्ण भूमिका खेल्ने बताए।

नेकपाका नेत्री अष्टलक्ष्मी शाक्यले एमाले र माअाेबादी दुर्इ पार्टी मिलेर एक भैसकेकोले अबदेखि मनै देखि एक भएर काम गर्नु पर्नेमा जोड दिए ।

यता अर्थिक मामिलामन्त्री कैलाश ढुंगेलले सबै संसदहरुलाई आफ्नो क्षेत्रबाट कम्तिमा दुइवटा योजना ल्याउन र बजेट निर्माणमा ध्यान दिन आग्रह गरे। स्रोतका अनुसार संसदीय उपनेता ,प्रमुख सचेतक पनि सहमतिमै हुनेछ। बैठक साेमबार (भोलि) बिहान ८ बजे बस्नेगरी सम्पन्न भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?