पर्यटन दिवसको अवसरमा टानको आठ तालको प्रवद्र्धनमुलक कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पर्यटन दिवसको अवसरमा टानको आठ तालको प्रवद्र्धनमुलक कार्यक्रम

सारांश

  • ट्रेकिङ एजेन्सी एशोसियसन नेपाल (टान) पश्चिमाञ्चमाञ्चल क्षेत्रिय संघले पर्यटन दिवसको अवसरमा पोखरा लेखनाथ महानगर पालिकाका आठ तालको अवलोकन गरेको छ ।
  •  लेखनाथ क्षेत्रमा पर्ने सातवटा तालको प्रवद्र्धन हुन नसकेको भन्दै हालै पोखराका पर्यटन ब्यवशायीहरुले सात तालको अवलोकन भ्रमण गरी यसको प्रवद्र्धन, सम्भावना र चुनौतीको बारेमा अध्ययन गरेको छ ।
  •   ३८ औ विश्व पर्यटन दिवस २०१७ को अवसर पारी संघले विदेशी पर्यटक, पर्यटन व्यवासयी, ताल सगँ सरोकार राख्ने व्यक्तीलाई तालको भ्रमण गराएको हो ।

ट्रेकिङ एजेन्सी एशोसियसन नेपाल (टान) पश्चिमाञ्चमाञ्चल क्षेत्रिय संघले पर्यटन दिवसको अवसरमा पोखरा लेखनाथ महानगर पालिकाका आठ तालको अवलोकन गरेको छ ।  लेखनाथ क्षेत्रमा पर्ने सातवटा तालको प्रवद्र्धन हुन नसकेको भन्दै हालै पोखराका पर्यटन ब्यवशायीहरुले सात तालको अवलोकन भ्रमण गरी यसको प्रवद्र्धन, सम्भावना र चुनौतीको बारेमा अध्ययन गरेको छ ।

 

३८ औ विश्व पर्यटन दिवस २०१७ को अवसर पारी संघले विदेशी पर्यटक, पर्यटन व्यवासयी, ताल सगँ सरोकार राख्ने व्यक्तीलाई तालको भ्रमण गराएको हो । टानका कार्यसमिती सदस्य किसम कुमारी गुरुङको संयोजकत्वमा सात ताललाई नयाँ गन्तब्यका रुपमा स्थापित गराउन र पोखरामा केन्द्रित पर्यटकलाई लेखनाथ क्षेत्रमा रहेको तालहरुतर्फ उन्मुख गराउनका लागि पर्यटन दिवसको अवसर पारी तालको अवलोकन र प्रवद्र्धनका लागि कार्यक्रम गरिएको टान पश्चिमाञ्चल क्षेत्रिय संघका अध्यक्ष हरि भुजेलले बताए ।

 

भुजेलले पोखरा आउने पर्यटकका लागि नया गन्तब्यका रुपमा सातवटा ताललाई स्थापित गराउन र पर्यटकको बसाइ लम्ब्याउनका लागी पनि सात तालले ठूलो भुमिका हुने बताए । अहिले पोखराको फेवाताल, लेखनाथको बेगनास र रुपा ताल जाने पर्यटक छन् । अन्य तालको प्रर्बधन हुन नसकेको उनले बताए । प्रर्बधन हुन नसकेका तालको संरक्षण र प्रर्बधन गर्न एक ताल एक खेल ल्याउनु पर्ने बताए ।

 

पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसीले सबै तालको प्रर्बधन गर्न व्यवसायी र महानगर दुबै लाग्नु पर्ने बताए । तालको अवलोकन गर्न गएका पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठले राष्ट्रिय ताल संरक्षण समितिले पोखरा उपत्यका नगर विकास समितिले पठाएको रिपोर्टको बारेमा कुनै चासो नदेखाउदा अझैपनि ताल छेउमा रहेका स्थानियका जग्गाहरु अझैपनि अन्यौलमा परिरहेको बताए ।

 

सोही अवसरमा रेवानका कार्यवाहक उपाध्यक्ष भिमसेन भुजेल, टान पोखराका पुर्व अध्यक्ष डम्बर बहादुर केसी, टान पोखराका सचिब सुशिल पौडेल लगाएतले तालहरु संरक्षण सबै जुट्नु पर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?