कालिका एफएममा प्रचण्डको समाचार प्रसारणमा रोक !

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
४४ पटक हेरिएको
Shares
कालिका एफएममा प्रचण्डको समाचार प्रसारणमा रोक !

सारांश

  • १७ मंसिर, काठमाण्डौ ।
  • आफ्नै हात जगन्नाथ अर्थात अधिकार भएपछि जे गरे पनि भयो ।
  • त्यस्तै मौका मिलेको छ अहिले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका विक्रम पाण्डेलाई ।

१७ मंसिर, काठमाण्डौ । आफ्नै हात जगन्नाथ अर्थात अधिकार भएपछि जे गरे पनि भयो । त्यस्तै मौका मिलेको छ अहिले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका विक्रम पाण्डेलाई ।

नेपाली कांग्रेसकोसमेत समर्थनमा उम्मेदवार बनेका पाण्डेका प्रतिस्पर्धी हुन्, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ।
यि दुई उम्मेदवारबिचको भिडन्तलाई निकै चासोका साथ हेरिएको छ । दुवै उम्मेदवार आफूलाई योग्य सावित गराउनका लागि विपक्षीमाथि कडा प्रहार गर्दै आएका छन् ।

कडा प्रहार भन्नाले अन्यथा नबुझ्नुहोला, शाब्दिक कटाक्ष भन्न खोजिएको हो ।
अब खास कुरा, अर्थात आफ्नै हात जगन्नाथ । विक्रम पाण्डे नेता मात्रै होइनन्, निर्माण व्यवसायी र संचार उद्यमी पनि हुन् । उनले चितवनको भरतपुरमा कालिका एफएम सफल रुपमा संचालन गरेका छन् । अहिले चुनावका बेला उनले आफ्नो एफएममा प्रतिस्पधी दाहालसँग सम्बन्धित समाचार प्रशारमा बन्देज लगाएका छन् ।

राष्ट्रिय नेता मात्र नभै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको समाचार अन्य मिडियाले खोजीखोजी प्रशारण प्रकाशन गरिरहेका बेला मध्यपश्चितमकै उत्कृष्ट भनिने कालिका एफएमबाट भने प्रचण्डको समाचार बजाइएको छैन ।

प्रचण्डका चुनावी प्रतिरुपर्धी विक्रम पाण्डेको लगानीमा सञ्चालन भएको उक्त एफएमले एक हप्तादेखि प्रचण्डको समाचार नबजाएको बताइएको छ ।
आफ्नो चुनावी प्रतिस्पर्धी भएकै कारण पाण्डेले प्रचण्डको समाचार प्रशारणमा रोक लागाएको अनुमान गर्न गाह्रो छैन ।
कालिका एफएम समाचारमुलक कार्यक्रमका लागि त्यस क्षेत्रमा रुचाइएको संचार माध्यम हो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sudan Karki

    Prachand chorlai haraunu parx

    Comment Author

    Ganeshh Shrestha

    Bikram Pandey chai saadhu

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
पूर्व उपप्रधान एवं अर्थमन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि
पूर्व उपप्रधान एवं अर्थमन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि
सारेगामापमा नेपालका प्रितम तेस्रो, आयुष चौथो
सारेगामापमा नेपालका प्रितम तेस्रो, आयुष चौथो
कस्ताे कस्ताे ठाँउमा बस्छन् विश्वका सबैभन्दा धनि ब्यक्तिहरू
कस्ताे कस्ताे ठाँउमा बस्छन् विश्वका सबैभन्दा धनि ब्यक्तिहरू
नेपाली महिला फुटबल टोलीलाई बिदाइ साथै सफलताको शुभकामना
नेपाली महिला फुटबल टोलीलाई बिदाइ साथै सफलताको शुभकामना
बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत
बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत
यसकारण चीनीयाँ राष्ट्रपतिले गरे नेपालको खुलेर प्रशंसा
यसकारण चीनीयाँ राष्ट्रपतिले गरे नेपालको खुलेर प्रशंसा
Tourist rescue from police recommended
Tourist rescue from police recommended
सोलुखुम्बुमा चार रेक्टरको भूकम्प
सोलुखुम्बुमा चार रेक्टरको भूकम्प
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने